News

परिवारकै हत्या गरेर आत्महत्याको प्रयास, नमरेपछि यस्तो हालत

परिवारकै हत्या गरेर आत्महत्याको प्रयास, नमरेपछि यस्तो हालत

बुधवार बाराको प्रसौनीको खोला किनारमा मृत फृला परेका तीन जनाको हत्यामा संलग्न ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले बुधवार प्रसौनी गाउँपालिका ५ प्रस्टो स्थित ढोरा खोला किनारमा २५ वर्षीया सुजता चौधरी, छोरी ३ वर्षीया ताहिरा र १६ महिनाको छोरा राजविरको शव फेला पारेको थियो।

उनीहरुको हत्यामा सुजाताका पति दिपेन्द्र चौधरी नै संलग्न रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार गत सोमवार दिपेन्द्रको परिवारै खोलाका घुँगी टिप्न गएको थियो। सोही क्रममा सामान्य विवाद भएपछि दिपेन्द्रले सबैको घाँटी रेटेर हत्या गरेको बाराका एसपी होबिन्द्र बोगटीले जानकारी दिए। 

सोमवार विहान परिवारकै हत्या गरेका दिपेन्द्र दिनभरी वीरगन्जमा बसेको खुलेको छ। पछि घर फर्किएका उनले घोंगी टिप्दा भिजेको लुगा घरमा फेरेर हिँडेको पाइएको छ। पछि उनी स्वयम्ले पनि आत्महत्याको प्रयास गरेका थिए।

आत्महत्याका लागि सडक छेउमा चप्पल फुकालेर उनी ट्रकमा हामफालेको पाईएको छ। तर उनी घाईते मात्रै भए। उनलाई उपचारका लागि नारायणी अस्पताल र त्यहाँबाट पछि एलएस न्युरो अस्पताल लगिएको थियो। आफन्तको खोजी गर्ने क्रममा दिपेन्द्रका ससुरा सुरेन्द्र चौधरी सम्पर्कमा आए।

जितपुर सिमराको छातापिपरा घर भएका सुरेन्द्रले छोरी र नातिनातीनाको सोधिखोजी गर्दा दिपेन्द्रले नै श्रीमती र छोराछोरी घुँगी खोज्न गएको जवाफ दिएका थिए। तर मंगलबारसम्म पनि उनीहरु घर नफर्किएपछि सुरेन्द्रले खोजतलासका लागि प्रहरीमा निवेदन दिए।

प्रहरीले सोधखोज गर्दै जाँदा दिपेन्द्रले कुरा फेरे र छोराछोरीको हत्या भएकाले आफू भागेको बताएका थिए। पछि प्रहरीसहित स्थानीय पुग्दा खोला किनारमा तीनै जनाको शव फेला परेको थियो।

दिपेन्द्रको अहिले एलएस न्यूरो अस्पताल नौतनमा प्रहरीको निगरानीमा उपचार भइरहेको छ।

विशेष