News

रावलको प्रश्नः मैले टिकट पाउँदिन भने ओलीलाई चाही किन दिने?

रावलको प्रश्नः मैले टिकट पाउँदिन भने ओलीलाई चाही किन दिने?

नेकपा एमलेका नेता भीम रावलले पार्टी अध्यक्ष केपी ओलीले पार्टी बिगारेको आरोप लगाएका छन् । आफ्नो टिकट खोसिदिएपछि आक्रोशित रावलले अध्यक्ष केपी ओलीको आलोचना गर्दै पार्टीभित्र मनलागी गरेको आरोप लगाए ।

विहिवार आयोजित पत्रकार सम्मेलनमा उनले ओलीकै कारण तत्कालीन नेकपा एकता कायम रहन नसकेको बताए। नेकपा कायम राख्ने भन्ने प्रयास स्वयं ओलीले अस्वीकार गरेको उनले भनाई छ। माधव नेपालले अलग पार्टी खोल्ने तय भएपछि १० बुँदे पक्षधरबीच भएको सहमतिको कार्यान्वयन समेत नभएको उनको भनाई छ।

अछाम क्षेत्र नम्बर १ बाट सर्वसम्मत सिफारिस भएको अवस्थामा आफूलाई रोक्ने नियतसहित ओलीले टिकट खोसिदिएको भन्दै रावलले आक्रोश पोखे। ‘मेरो टिकट षड्यन्त्रपूर्वक खोसियो। यदि सिफारिस हुँदा पनि मैले टिकट पाउँदिन भने पार्टी अध्यक्षलाई किन टिकट दिने?’ उनले भने–‘संसदमा अत्यन्त संवेदनशील विषयमा छलफल हुँदा कहिले सहभागी नहुने तर आफूलाई बोल्न मन लाग्दा हामीलाई उपस्थित हुन उर्दी जारी गरिन्थ्यो।’

करिब दुईतिहाइको प्रधानमन्त्री हुँदा आधा धेरै समय सरकारी निवास बालुवाटार र अस्पतालमा बिताउनेले उम्मेदवार हुने तर, निरन्तर देशका लागि आवाज उठाउँदै संसदमा सक्रिय हुनेले किन उम्मेदवार हुन नपाउने? किन टिकट खोसिने? भन्दै उनले प्रश्न गरे।

ओलीले एमालेका दशौँ वर्ष योगदान दिएका नेताहरुलाई गुटका आधारमा टिकटबाट बञ्चित गरिएको उनको आरोप छ १० भाइका नाममा टिकट नदिएर कत्लेआम गर्न खोजिएको आरोप पनि रावलले लगाएका छन्। 

एमालेले नयाँ व्यक्तिलाई अवसर दिने भने पनि उनी निकटका नेताहरुको हकमा यो व्यवस्था लागू नगरेको रावलले बताए ।
पूर्णपाठ

विशेष