News

औषधीले काम गर्न छोडेपछि शताब्दी पुरुष सत्यमोहन जोशीको अवस्था गम्भीर

औषधीले काम गर्न छोडेपछि शताब्दी पुरुष सत्यमोहन जोशीको अवस्था गम्भीर

औषधीले काम गर्न छोडेपछि शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था गम्भीर बनेको छ। उनको ललितपुरको इमाडोलस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचार भईरहेको छ।

अहिले जोशीलाई प्रतिमिनेट ५ लिटर हाइफ्लो अक्सिजन दिएर विशेषज्ञ चिकित्सकको विशेष निगरानीमा राखिएको छ। किस्ट मेडिकल कलेजले जोशीको सम्पूर्ण उपचार निःशुल्क गर्दै आएको छ ।

जोशीको छातीमा निमोनिया संक्रमण देखिएको र उमेर धेरै भएका कारण रोगले ग्रसित पारेपछि औषधिले काम नगरेको चिकित्सकहरुले बताएका छन्। अचानक ब्लड प्रेसर घट्ने समस्या देखिएको र स्वास्थ्यमा सुधार नभएको उनीहरुले बताए।

निमोनिया र मुटुरोगसँगै डेंगु संक्रमण देखिएपछि उनलाई २२ दिनदेखि अस्पतालमा राखखिएको छ। स्वास्थ्य अवस्था केही सुधार भएपछि बुधबार उनलाई आईसीयूबाट क्याबिनमा सारिएको थियो । बिहीबार बिहान फेरि स्वास्थ्यमा समस्या देखिएपछि क्याबिनबाट आईसीयूमा सारिएको थियो ।
 

विशेष