News

गगनको संकल्पः १० वर्ष काम गर्छु, त्यसपछि आफनो बाटो लाग्छु

गगनको संकल्पः १० वर्ष काम गर्छु, त्यसपछि आफनो बाटो लाग्छु

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अवका १० वर्षमात्र आफु सक्रिय राजनीतिमा रहने संकल्प गरेका छन्। उनले सामाजिक संजाल मार्फत यो संकल्प सार्वजनिक गरेका हुन।

अबको १० वर्षमा आफू ५५ वर्षको हुने र त्यसपछि सक्रिय राजनीतिबाट बिदा लिएर आफ्नो बाटो लाग्ने उनले वताएका छन्। ‘मसँग जम्मा १० वर्ष छ, सक्रिय राजनीति गर्ने १० वर्ष हो । त्यसपछि आफ्नो बाटो लाग्छु’ उनले भनेका छन्–‘त्यो समयमा हामीभन्दा क्षमतावान ब्यक्ति तयार भएका हुन्छन्, उनीहरुलाई ठाउँ खाली गर्ने हो।’

तर, वुढा नेताहरुले आफुहरुलाई ठाउँ नदिएको र काम गर्न नदिएको उनले वताए । तर, उनीहरुले दिएनन् भन्दैमा आफहरु नभागेको र संघर्ष गरिरहेको उनले बताएका छन् ।

गगन थापा

विशेष