News

मानुषि म्याडमले गर्नुभयो आर्थिक सहयोगको अपिल

मानुषि म्याडमले गर्नुभयो आर्थिक सहयोगको अपिल

चुनाव लड्न आर्थिक सहयोगको अपिल गरेपछि पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई पुत्री मानुषि यमी भट्टराई आलोचनाको शिकार भएकी छिन्। काठमाण्डौं ७ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएकी उनले फेसवुकमा बैंक खातासहितको अपिल जारी गरेकी छिन्।

विद्यमान निर्वाचन प्रणाली अत्यन्त खर्चिलो रहेको बताउँददै उनले आधारभूत खर्चका लागि आर्थिक सहयोगको अपिल गरेकी छिन्।

उनको यो अपिलपछि केही ब्यक्तिले ‘ब्यापारीको पैसामा चुनाव लड्नु भन्दा चन्दा उठाउनु सहि कदम भएको’ भन्दै प्रशंशा गरेका छन् भने अधिकांशले उनका बाबु बाबुराम, आमा हिशिला र पुष्पकमल दाहालसँग जोडेर आलोचना गरेका छन्।

दिपक प्रताप थापाले ‘मागेर चुनावमा भाग लिएर जितेपछि महाराजाको जिन्दगी बिताउने हरु’ भन्दै लेखेका छन् भने– माधव पाण्डेले ‘राजनीति गर्नलाई पैला लाज पचाउन सक्नुपर्छ भन्ने कुरा सिकौ यहाबाट !’ भन्दै आलोचना गरेका छन्।

उनको अपिलमा भएका आलोचना यस्ता छन्
अरुण पनेरु– ऊमेरले नया भएर के अर्नु ? बाऊले गरेको बिदेशी दलालीको बिडो थाम्ने न हौ।

प्रकाश निरौला– हिजो तिम्रो बाउले नेतृत्व गरेको माओबादिले जनताका खोरका खसी लुटेर खायौं, राज्य सत्तामा पुगेर उसै खायौ, जनताले पत्याउन छाडेपछी ताल न बेतालको गठबन्धन गरेर खायौ/ खादैछौ, गोप्य रुपमा दलालहरु सँग पैसा लिन्थेउ लिन्थेउ चुनाब खर्च अब हुँदा हुँदा रास्ट्रिीय अपिल।

गोपाल थापा– आमाले त्यो बेला कुम्ल्याएको पैसा निकाल। केको भीखको नाटक।

मिलन के घिमिरे– युवालाई सम्मान छ सम्मान गर्छु। तर तिम्रो बाउको कारण तिम्रो बाउले गरेको कुकर्महरुको लिस्ट धेरै लामो छ। पापहरु धेरै छ.... । तिमी योग्य ब्याक्तित्व भएकी कुशल नेतृत्व बन्नु बाउको जस्तो जातीयता र हाम्रो धर्ममा द्वन्द्व ल्याउने भाडको काम नगर्नु ...। चुनाव लड्न सामान्य खर्च गर्नु भिख नमाग्नु।

नारायण पोखरेल– आफ्नो हुँदा खाँदाको चुनावी क्षेत्र प्रचण्डसँग साटेपछि, यहा नवीन ठाउँमा पैसा पेल्नु पर्यो, पैसा त जति चाहिए पनि बाउ र प्रचण्डले पेलि हाल्छन नि। अनि हामी जनताले, पैसा पनि, भोट पनि दिएर, जिताएर, कुर्सीमा बसाइ दिनुपर्ने ? डा. बाबुरा भट्टराईको छोरीलाइ पैसो चाहियो रे, २–३ करोड भारु यता दिनु पर्यो। १०–१२ वर्षसम्म लुटेको पैसो निकाल सब, नत्र यो पैसाको नाटक नगर !!

प्रकाश लामिछाने– बुबासँग माग्नु दिदि आर्थिक सहयोग हामी सबैको पैसा उहासगै छ।

रोमन पिडिएल– तिम्रा बाले प्रचन्ड बोकेर हिनेका छन । प्रचण्डले बुढिगन्डकिमा गरेको भ्रस्टाचार तिम्रा बा लाई थाहा छ । उतै भ्रस्टाचार गरेको पैसो माग्नी येता जनतासँग हैन ।

निश्चल वाग्ले– परिवर्तनको लागि आफु योग्य युवा भन्दै ठुला गफ दिने तर कुनै उद्यममा नलाग्ने, परिवारवादको कारणले निर्वाचनमा उम्मेदवार बनेकाहरु मतदातासँग निर्वाचनमा चन्दा असुल्न खोज्ने जनप्रतिनिधि बन्न योग्य नहोलान। त्रिविमा पढ्दाको स्ववियु निर्वाचन भन्दा फरक छ प्रतिनिधि सभा निर्वाचन भन्ने मानुषीले बुझ्न आवश्यक।

गिता पोखरेल वुचनन– निहारिका जस्ता पिडित सडकमा आउनु पर्ने समाजमा, सरिता तिवारी प्रताडित गर्ने मानुषि बहिस्कार । बलात्कार तथा यौन जन्य हिंसामा शून्य सहनसिलता ।

तुल थापा मगर– यीनीहरूलाई चुनाव खर्च आईएनजिओ/एनजिओले गोप्य रूपमा विभिन्न शीर्षकमा दिन्छ। नेपालीको भावना विचार सोच बुझ्ने प्रयास गरेको हो। यस्को आन्तरिक चाल रहस्य अर्कै छ। यस्ता खालका चलाखिबाट नेपाली बच्नु पर्छ मख्ख नपर्नुस नझुक्किनुस। राजनितीमा बाहिर जे आउँछ भित्र त्यसको विपरीत हुन्छ। यदी सहयोग नै गर्नु छ भने तपाईहरूकै गाउँघर वरपरका गरिव दुखीहरूलाई सहयोग गर्नुस। पैसाले चुनाव जित्नेहरूले केही गर्दैनन्। उनीहरूले गर्ने अहिले हामीले जे भोगेका छौं त्यही हो गर्ने। त्यसैले भावनामा नबहकौ विवेक प्रयोग गरौं।

श्रवल शर्मा–आमाले भष्ट्राचार गरेको पैसा बाकसमा बाँकी छैन र , मागे कसो होला । बैंक खाता विनै।

गोपाल कार्की– अनि हिसिला यमी जी ले मेलम्ची बाट अरबै लुटेको काहा गयो

मनराज सुनार– लाज पचेकाहरुले भोट मात्र नभई आर्थिक सहयोग पनि माग्न भ्याए। फूटेको कउडी दिन सकिदैन सीधा कुरा।

पृथेलाल सुवेदी– यो चाही सोझासाझा जनतालाई झुक्याउनलाई मात्र हो। बाबुराम कुनै स्वच्छ छवि भएको मान्छे होईन। अकुत सम्पति कमाएको छ। भ्रष्टचार गरेको पैसा लुकाउनको लागि रचिएको नाटक हो।

सुदर्शन काफ्ले– विस्वास लाग्ने ठाउँ नै छैन...

कृष्ण कदम– द्वन्दकालमा बैंक लुटेर जम्मा पारेको पैसा अलिकति बुवा संग मागे भैगो त।

भद्र घर्ती कान्छा– तिमीबाट के अपेक्षा गर्ने ? पैसा बिना चुनाव लड्न नसकिने हो र ? पैसा खर्च गरेर चुनाव जित्ने त्यहीँ पुरानै नेताहरूको लाईनमा तिमी पनि ? भोगटेको बोटमा सुन्तला फल्ने कुरो पनि भएन ।

आइ पी भन्डारी ओमभक्त– बाले लुटेर पुगेन तिमी माग्दैछेउ बैनी छ्या। भोट माग्नु बैनु पैसो होइन

दिल तिवारी एकल–चुनाव अघि नै रकम जम्मा गर्न लागेपछि चुनाव जितेर गएपछि तिम्रो भविष्य त त्यसै नै उज्यालो हुनेछ। तर यो प्रचण्ड र शेर ब. को साँठगाँठमा मिलिभगत निर्वाचन तिम्रा लागि असफल नै हुनेछ।

मिदम आचार्य– प्रचण्डले दिएनन र । हबाले गोर्खाको टिकट बेचे भन्थे र बजार मा दिदि।

टेकेन्द्र महत–बावुरामको छोरीको त यो हालत छ भने सामान्य जनता को छोराछोरीले कसरी चुनाव लड्ने ?

देभराज आचार्य– बाबूसँग माग। बाबूसँग कती छन भन्ने त नेपालमा मात्रै होइन बिदेशमा पनि थाहा होला।

शोम शर्मा– लाजको पराकाष्ठा

प्रताप ढकाल– के का नाटक हुन बाउले लुटेको धन छ त बाउका धनले चुनाव लडौं न । कहिलेकाही हर्क साम्पाङ आँखा अगाडि आउनु परो । कहि नभएको लाजको पसारो सामाजिक सन्जालमा चन्दा संकलन । सक्षम युवा नेतृ भनेको यस्तै बानिले त झुर रैछ भन्ने हुन्छ ।

विष्णु सापकोटा– ल धेरै त सक्दिन रुपैया १ भुक्तानी माग्न आयेमा तुरुन्त दिने छु।

विष्णु पाठक– बाबुले लुटेको पैसा खर्च गर्दा भैहाल्यो नि ।

विनोद तिवारी– दुनियाँका घर भडाएर चन्दा उठाएर छोराछोरी मारेर सत्तामा पुगेर मोजमस्ती गरेर पनि पुगेन र अझै चन्दाको रुपमा आर्थिक सहयोग मागीराछौ । फटाहा

प्रकाश ज्ञवाली– लाज पचेपछि जे जे मागे पनि हुन्छ

कृष्ण वली क्षेत्री– आफ्ना खानदानका जनार्दन, छबिलाल मोरा, काजीहरुसँग माग्नि।

देभ झापाली– बाउले देश बनाएर यो गति भएको छ अब छोरी को पालो।

राम अधिकारी– बाउसँग माग्नु भोटरसँग हैन? प्रचन्डले ९ अर्ब भ्रष्टाचार गरेर बा र प्रचन्डेले आधा आधा पारेर चुनाब लड्ने सहमती भएको रकम खै ?

दुर्गा खवाङ– पैसा दि दि हाम्रै पसिना लुट्न चाँहि पठाइन्न है।

ज्ञानेन्द्र भट्ट– आर्थिक सहयोग मागी मागी चुनाब लड्ने हो भने पुरानो पुस्ता र तपाइमा के फरक??

कविता राना– बाटोमा माग्नेलाई कानुन लाग्ने रे निर्वाचनको लागि माग्दा कानुन नलाग्ने उहाँ पनि काठमाण्डु नै पर्छ बालेन साब।

जेसी डिल्लीराम पोखरेल– रु ११ मेरो तर्फबाट भोट चै अन्तै है।

नुपु भोटे– होइन यो के हो, खुल्लम खुल्ला पैसा माग्ने ।

रु द्रा क्ष– यिनको बाउ बैंक लुट्ने को मुखिया छोरीले चुनाव खर्च देखाउनु पर्छ भनेर पहिले तिर छोडिछिन। मेरो पनि बैंक खाता नम्बर एतै टासिदिउकी इन्बक्स गर्दिम चन्दा दिने महोदयहरु।

भिम आचार्य– चुनावमा उठने भयेसी कति खर्च लाग्छ आफुले जम्मा गर्ने हो सहयोग भन्दै अपिलको नाटक नगर्दा नै राम्रो । युवा पुस्ताले आफैले कमाएर जम्मा गरेर चुनाव लड्नुस अनि उदाहरणीय बन्नुस। अहिले नै चुनाब खर्च भन्दै हात फैलाउने काम बन्द गर्नुस् ।

राजु दवाचा राई– हैट!अर्काको पैसाले चुनाब जित्ने?

युवराज लुईटेल– बैंक लुट्नु पर्छ हौ कहाँ सहयोग मागेर हुन्छ। पैसा मागेर हैन लुटेर लिने हो भन्नुस् अनि सुहाउँछ।

सुर्यकुमार निरौला– बाबुराम र हिसिलाले राज्यदोहन गरि लगेको रकम।

अनिल तुलाधर– खर्च गरेर जित्न खोज्ने उम्मेदवार हामीलाई चाहिदैन । तपाईंको ७ नं क्षेत्रको यादवलाल कायस्थसँग सिक्नुहोस् कसरी चुनाव प्रचार गर्ने भनेर।

प्रेम काफ्ले– बाबाले आफ्नो पालामा बैंक लुट्नु भाको पैशो काहा गयो र अर्थिक सहयोग मागेकी छेउ।

पुस्पराज सेडाई– जताततै पैसै लुट्नुपर्या छ सबै सन्तानै मिलेर

ठर्क वस्नेत– प्रचण्डले करोडौं भ्रष्टाचार गरेको कुरा डा बाबुराम ले भन्दै हुनुहुन्थ्यो, त्यो भ्रष्टाचारको केही अंश लियर चुनाब लडेको भन्ने हल्ला छ त।

रेशमीराज आचार्य– सुको पैसा बिना घर घरमा पैदल गै दुई हातले नमस्कार भन्दै आफ्नो कुरा राखी भोट माग्ने, सकिन्छ। के को पैसो लाग्छ र सहयोग मागेको । तेहि पनि पुर्ब प्रधानमन्त्री कि छोरी पैसाको केको अभाव होला र चुनाव भड्किलो बनाउने तिमीहरु जस्तै त हो।

तुलसी रेग्मी– हात्तिको दाँत बाउले लुटेको पैसा जति नि छ।

सन्जीभ लामा– नौ अर्ब हिसाब प्रमाण सहित बाउ बाबुराम भाग लगाउदा चुनाव जित्छ! किन चन्दा नौटंकी।

सि बा कुवार समिर– लाजको पसारो राजनीति गर्नेहरुले लुटेर त खायकै थिए देश बेचेर त खाएकै थिए। गरिबमाथी थिचोमीचो गरेकै थिए। अब हुदाहुदै नोट र भोट दुबै दिएर देश लुट्न हाम्लेनै अवसर दिनुपर्ने हो? यसरी पैषा जम्मा गरेर चुनाब लड्ने भए त म पनि लड्छु। ल सबैले एक एक लाख सहयोग गर्नुहोस। म बैंक एकाउण्ट नभएको बुंगो मेरो नाममा आइएमई गर्दिनुहोस।

कृष्ण भट्ट– दिदी आमासङ्ग माग

खेमराज नबिन पोखरेल– वाऊले कुम्ल्याएको छ माग फेरी पछी लुटेर जनतालाई केहि दिन्नौ होला। नाटक

भिमवहादुर तिम्सिना– बिदेशी तयार पारेको पाखण्डहरु बाट केही हुनेवाला छैन।

रोशन कुमार केशी– युवाको पालो भनेकी छे फेरी बाउलाई समेत उठाएकी छे साच्चिकै यी पुर्व आतंकबादीहरूले लुट्ने चै कहिले सम्म हो।

भविन्द्र कुमार जिरेल– यसलाइ चुनाब लडनको लागि हामिले पैसाको सहयोग गर्नु पर्ने? लाज मर्दो।

धर्म भट्टराई– प्रचण्डले तेत्रो अरबौ पैसा के गरे ? तेता पो माग्नु पर्छ त! बाबुले नै सार्वजनिक गरेका थिए तेत्रो पैसा !

विष्णु रिमराल– आमाले के गरिन, छोरिले के गर्छिन ? केहि आशा छैन त्यहाँ माथि पनि माओवादीले।

प्रमिल अधिकधारी– पैसा किन चाहियो ? जनतासँग उल्टै पैसा माग्ने ? आशलाग्दो युवाले पनि पैसा माग्ने ? वेइजती

निरौला टंक– हौ यामी आमाको थर, भट्टराइ बाउको थर, अनि लोग्नेको थर खोइ?? अन्याय भयो है नानी ।

बिजय क्षेत्री– भिखारी अहिले चन्दा मागेर चुनाव जित्ने अनि जनतालाई लात हानेर राज गर्ने यस्ता मनुष्यदेखि सबै साबधान रहनु होला।

तपेन्द्र रेग्मी– बाउले ९ अर्वको प्रमाण छ भन्थे छोरिले यता सहयोग मागिन। कठै तिमी पढेलेखेकि युवाको यस्तो हविगत देख्दा लाज लाग्यो। प्रमाण छ भन्ने बाउसँग ९ अर्वको हिसाब देउ अनि सहयोग गर्छौ नत्र यत्रै सित्ती गरिदैन।

भगवती प्रसाद शर्मा– यस्ता दलाललाई अझै पैसा दिएर चुनाव जिताउने ?

टंकप्रसाद कटवाल– तिम्रो बाउले देशलाई सम्वृद्धिको शिखरमा पुराई सके त, अब अब तिमी किन दुख गर्छौ।आराम गर बाउ सँगै ल।

शुसिल देवकोटा– बाउले प्रचण्डसँग ५० करोड लिएर गोर्खा छोडेका छन्। यो गोहिका आँसु के का लागि हो फेरि सहयोग भन्दै  २/४ पैसा उठाएको जस्तो देखाउने ?

राधे रायामाझी– हामीसँग बैक लुटेको देश लुटेको पैसा छैन कमाको पैसाले सुर्ती खान पनी सोच्नु पर्छ । अनी तेरो बाउले रोजगारीको व्यवस्था गरिदेन। भको पनी बम/बारूदले स्वाहा बनाइदियो अनी लाज लाग्दैन तेरो बाउ छोरीलाई हामी सग पैसा माग्न।

मानुषि यमी

विशेष