News विदेश

चीनमा फेरी बढ्यो कोरोनाः स्कुल, कलेज, शपिङ मल बन्द

चीनमा फेरी बढ्यो कोरोनाः स्कुल, कलेज, शपिङ मल बन्द

चीनको व्यापारिक केन्द्र सांघाईमा फेरी कोरोना संक्रमण वढेको छ। संक्रमित बिरामी बढेसँगै स्कुल , कलेज , शपिङ मल लगायतका ठाउँहरु बन्द गरिएको छ ।

सांघाईमा गत बुधबार पछिल्लो तिन महिना यताकै सबै भन्दा बढी संक्रमित थपिएका छन्। संक्रमितलाई हाल क्वारेनटाइनमा राखिएको छ । कोरोना (केस) बढेपछि कम्युनिटी ट्रान्समिसनले सांघाईका १६ मध्ये पाँच जिल्लाहरुमा लकडाउनको घोषणा गरेको हो ।

हाल लकडाउन घोषणा गरिएका जिल्ला मध्य सांघाईको पुडोग जिल्ला पनि समावेश छ , यही जिल्लामा सर्वप्रथम कोरोना संक्रमणको सुरुवात भएको थियो ।

अधिकांस देशहरु हाल कोरोना महामारीको संक्रमणका कारण जारी लकडाउन हटाउँदै गइरहेका छन्। तर, चीन भने हालसम्म कोरोना महामारीको चपेटाबाट मुक्त हुन सकिरहेको छैन । चीनले अझै पनि ‘शुन्य कोभिड नीति’ लाई कडाईका साथ लागू गर्दै आएको अवस्था छ ।

गत सोमबाटदेखि उत्तरी चीनको फेनयाङ सहरमा पनि लकडाउनको घोषणा गरिएको थियो । होहोटमा कोरोनाका कारण बाहिरबाट आउने मानिस र सवारी साधनलाई रोक लगाइएको छ । यति मात्र नभएर चीनमा पार्क, अफिस, पसल र सार्वजनिक स्थानमा प्रवेश गर्दा ७२ घण्टाभित्रको कोभिड नेगेटिभ रिपोर्ट देखाउनु अनिवार्य गरिएको छ ।

विशेष