News

कविताले जन्माईन तिम्ल्याहा वच्चा, बच्चा हेर्न तँछाड मँछाड

कविताले जन्माईन तिम्ल्याहा वच्चा, बच्चा हेर्न तँछाड मँछाड

पर्साको हरियरपुरकी एक महिलाले तिम्ल्याहा वच्चा जन्माएकी छिन्। कालिकामाई गाउँपालिका–९ हरियरपुरकी कविता देवीले तिम्ल्याहा बच्चालाई जन्म दिएकी हुन् । 

वीरगञ्जको विर्तास्थित नारायणी सेन्टरल अस्पतालमा कविताले दुई छोरा र एक छोरीलाई जन्म दिएकी हुन।

अस्पतालका निर्देशक प्रा डा प्रमोदकुमार सर्राफका अनुसार तीन वटै बच्चा शल्यक्रियामार्फत जन्माईएको हो। अस्पतालका स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा प्रियङ्का चौधरीले कविताको शल्यक्रिया गरेकी थिइन् ।

तीन वटै वच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको जनाईएको छ। अस्पतालमा तिम्ल्याहा वच्चा हेर्न तँछाड मँछाड छ।
 

विशेष