एमालेका ५ जना बागी उम्मेदवारलाई ठाउँको ठाउँ कारबाही
![एमालेका ५ जना बागी उम्मेदवारलाई ठाउँको ठाउँ कारबाही](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/uploads/Nepalaaja_76/2022/10/cpn-uml-ac261.jpg)
नेकपा एमालेले बागी उम्मेदवारी दिएका सुदूरपश्चिमका ५ नेतालाई कारबाही गरेको छ।
नेकपा एमालेका आधिकारिक उम्मेदवार विरुद्ध प्रतिनिधि र प्रदेश सभा स्वतन्त्र उम्मेदवारी दिएका नेताहरुलाई सुदूरपश्चिम प्रदेश कमिटीले कारवाही गरेको हो। उनीहरुलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्काशित गरिएको छ।
कञ्चनपुर प्रदेश सभा निर्वाचन क्षेत्र नं. १(१) मा उम्मेदवारी दिएका भक्तबहादुर अधिकारी, प्रतिनिधि सभा क्षेत्र नं. १ का खेम सुवेदी, प्रदेश सभा २(१) का टेकबहादुर हमाल, १(२) का टेकबहादुर साउँद र कैलाली प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ का विजय सिंह मयाललाई कारबाही गरेको एमालेले जनाएको छ।
पार्टीको विधानको धारा ८० को ६ बमोजिम आधिकारिक उम्मेदवार विरुद्ध स्वतन्त्र उम्मेदवारी दिएर गम्भिर प्रकृतिको अनुशासन उल्लघंन गरेकोले उनीहरुलाई निष्काशित गरिएको एमाले सुदूरपश्चिमका सचिव धर्मराज पाठकले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।