News

गौरिका सिंह अस्वस्थ, २ स्पर्धाको फाइनल नखेल्ने

गौरिका सिंह अस्वस्थ, २ स्पर्धाको फाइनल नखेल्ने

कीर्तिमान पौडी खेलाडी गौरिका सिंह अस्वस्थ भएपछि शनिबार हुने नवौं राष्ट्रिय खेलकुदका २ स्पर्धाको फाइनल नखेल्ने भएकी छिन्। १०० मिटर फ्रिस्टायल र २०० मिटर ब्याकस्ट्रोकको फाइनलमा स्थान सुरक्षित गरेर पनि उनले खेल्न नसक्ने भएकी हुन् ।

अस्वस्थ हुँदा हुँदै पनि बिहान भएको १०० मिटर फ्रिस्टायल र २०० मिटर ब्याकस्ट्रोकको हिटमा भने उनी सहभागी भएकी थिइन् । तर उनको प्रदर्शन राम्रो भएको थिएन । २ सय मिटर ब्याक स्ट्रोकमा पहिलो र १०० मिटर फ्रिस्टायलमा तेश्रो भएर उनी फाइनलमा भने पुगेकी थिइन् ।

पेट दुखेका कारण गौरिकाले खेल्न नसकेको गौरिका सहभागी नेपाल आर्मी टिमका सहायक टोली नेता मेजर सागरशम्शेर थापाले बताए । गत आठौं राष्ट्रिय खेलकुदमा उनले भाग लिएका सबै १२ वटा स्पर्धामा स्वर्ण जितेकी थिइन् । 
 

विशेष