News

माओवादी बैठकमा घनश्यामको सम्वोधनः संसद पुनस्थापना गर्ने प्रचण्ड नै हो

माओवादी बैठकमा घनश्यामको सम्वोधनः संसद पुनस्थापना गर्ने प्रचण्ड नै हो

नेकपा एमाले छाडेर स्वतन्त्र उम्मेदवारी दिएका नेता घनश्याम भुसालले शनिवार माओवादी केन्द्रको विस्तारित बैठकलाई सम्बोधन गरेका छन्। रुपन्देहीमा आयोजित वैठकमा उनले माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहालको प्रसंसा गरे।

बैठकमा बोल्दै भुसालले एमाले अध्यक्ष केपी शर्मा ओलीले विघटन गरेको संसद दाहालले नै पुनस्र्थापना गराएको बताए । ‘दुई पटक संसद विघटन भयो। जसले जे भनेपनि पहिलो पटक संसद विघटन हुँदा त्यसको पुनस्थापना गर्ने नेता प्रचण्ड नै हो’ उनले भने–‘दोस्रो पटकका शेरबहादुर देउवा हुन।’

उनले मंसिर ४ गतेको निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धनले शानदार जित ल्याउने दाबी पनि गरे। ‘नेपालमा जतिपनि ठुला परिवर्तन भए वाम–लोकतान्त्रिक गठबन्धनबाट भएका छन्। क्रान्तिका शक्ति फुटेपछि कहिलेपनि क्रान्ति हुन सक्दैन’ उनले भने–‘वाम–लोकतान्त्रिक शक्ति एक ठाउँमा आएकाले नै संविधान बनेको हो। हामीले यसलाई बचाउनुपर्छ।’

वाम–लोकतान्त्रिक गठबन्धनको स्पिरिड अहिलेको अवश्यता भएको बताएका उनले गठबन्धनभित्र कसैले आशंका गर्न नहुने बताए। 
 

घनश्याम भुसाल

विशेष