News

प्रचण्डले दिउँसै रात पारेः मनोनय दर्ता गर्न जाँदा बाजा प्रयोग नभएको स्पष्टिकरण

प्रचण्डले दिउँसै रात पारेः मनोनय दर्ता गर्न जाँदा बाजा प्रयोग नभएको स्पष्टिकरण

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले उम्मेदवारी दर्ता गर्न जाँदा बाजा नबजाएको भन्दै निर्वाचन आयोगमा स्पष्टीकरण पेस गरेका छन् । उम्मेदवारी दर्ता गर्न जाँदा बाजा प्रयोग भएको भन्दै आयोगले दाहाललाई स्पष्टिकरण सोधेको थियो।

आइतबार उम्मेदवारी दर्ताको लागि गोरखा निर्वाचन क्षेत्र नं २ को कार्यालय जाँदा बाजाको प्रयोग भएको भन्दै निर्वाचन आयोगले सोधेको स्पष्टिकरणको जवाफमा उनले ‘आफ्नो योजना अनुसार बाजा प्रयोग नभएको जवाफ दिएका छन्।

शनिबार गठबन्धनमा रहेका दलहरू बीचको संयुक्त कार्यकर्ता प्रशीक्षण कार्यक्रममा दाहालले आफूले लिखित स्पष्टीकरण दिएर आएको जानकारी गराएका थिए। 

दाहालले अहिले आफूलाई माइक्रोस्पकोले हेर्ने काम भएको बताए। ‘माइक्रोस्कोपले हेर्ने काम भएको छ, प्रचण्डले के बोल्छ, के गर्छ’ आयोगलाई लक्षित गर्दै उनले भने। 

आयोगले आचारसंहिताको उल्लंघन गर्ने दाहालसहित ६ व्यक्ति र ८ संस्थालाई स्पष्टीकरण सोधेको छ। पचरौता नगरपालिकाका मेयर जलन्धर सिंह जैसवार, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका सातौं तहका अधिकृत गोकुल वस्ती र जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउत, हाम्रो नेपाल पार्टीका अध्यक्ष अनन्तराज घिमिरे र प्रतिनिधिसभा सदस्य नुवाकोट निर्वाचन क्षेत्र नम्बर १का उम्मेदवार बद्री मैनालीलाईस्पष्टीकरण सोधेको हो।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सहरी विकास मन्त्रालय, नेपाल प्रज्ञा प्रतिष्ठान, अर्थ मन्त्रालय, धितोपत्र बोर्ड, बीमा समिति र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेशलाई स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ। 
 

पुष्पकमल दाहाल

विशेष