News

सहरी मन्त्री चौधरीले निर्वाचन क्षेत्रमा चामल बाड्न थालेपछि...

सहरी मन्त्री चौधरीले निर्वाचन क्षेत्रमा चामल बाड्न थालेपछि...

सहरी विकास मन्त्री मेटमणि चौधरी चुनावको मुखमा चामल बाड्न थालेका छन्। निर्वाचन आचार संहिता विपरीत चौधरीले आफ्नो निर्वाचन क्षेत्रमा चामल बाँडेका हुन। 

बाढी पीडितका नाममा मन्त्री आफै उपस्थित भएर देउखुरीका चार वटा स्थानीय तहलाई ५० क्विन्टल दरले दुई सय क्विन्टल चामल वितरण गरेका हुन । उनको सचिवालयले पनि बाढीबाट प्रभावित भएकाहरूलाई राहत स्वरूप चामल उपलब्ध गराइएको पुष्टि गरेको छ।

चामल वितरण गरेपछि मन्त्रीले भोट प्रभावित गर्न खोजेको भन्दै निर्वाचन अधिकृतको कार्यालयमा गुनासो पुगेको छ । निर्वाचन आयोगले मन्त्रीहरू अघि सरेर गर्ने जुनसुकै काम पनि निर्वाचन आचार संहिता विपरीत हुने जनाएको छ ।

मन्त्री चौधरीले स्थानीय सरकारको एकद्वार प्रणालीबाट वितरण हुने गरी चामल उपलब्ध गराएको बताएका छन् । 
 

विशेष