News

प्रचण्डले विध्वंश मच्याउनुबाहेक गोरखामा केही गरेनन्– अब्दुस मियाँ

प्रचण्डले विध्वंश मच्याउनुबाहेक गोरखामा केही गरेनन्– अब्दुस मियाँ

गोरखा २ का एमाले उम्मेदवार अब्दुस सलाम मियाँले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहालले विध्वंश मच्याउनुबाहेक गोरखामा केही नगरेको आरोप लगाएका छन्। 

चितवनबाट उम्मेदवारी दिन खोरखा पुगेका दाहालले गोरखाको स्कुलमा पढाएको र जनयुद्धको योजना गोरखाबाटै कोरेको भन्दै गोरखाप्रति आत्मियता देखाउन खोजेछि मियाँले यस्तो आरोप लगाएका हुन।

तथाकथित जनयुद्धको कुरा गरेर दाहाललाई गोरखाले नस्वीकार्ने उनको दावी छ। ‘उहाँले सशस्त्र युद्धको सुरुवात गोरखाबाट गरेँ, योजना गोरखाबाट कोरेँ भन्नुभाछ । उहाँले सशस्त्र जनयुद्धको रेखा गोरखाबाट कोर्नुभयो भन्दैमा दाहाललाई गोरखाले जिताउनुपर्ने आवश्यकता त म देख्दिनँ’ उनले भने–‘उहाँले गोरखा विश्वविद्यालयको योजना कोर्नुभएको भए आज हो प्रचण्डले कस्तो राम्रो गर्नुभाको भनेर गोरखामा जिताउन सकिन्थ्यो । तर त्यो अवस्था छैन।’

अहिले आएर गोरखालाई आफ्नो भन्ने दाहालले यस बीचमा कुनै उल्लेख्य काम नगरेको मियाँको भनाई छ। ‘उहाँले गोरखामा सार्वजनिक अस्पताल खोल्नुभाको भए, बाटोघाटो पु-याउनुभएको भए, बिजुलीबत्ती पु-याएको भए, रोजगारी सिर्जना गरेको भए ओहो ! प्रचण्ड कस्तो गज्जब काम गर्नुभयो भनेर उहाँ गोरखाको नभएता पनि, अन्य जिल्लाबाट चुनाव लड्ने परिस्थिति नभए पनि, विभिन्न जिल्लाबाट लखेटिनु परेको भएता पनि उहाँलाई बचाउनुपर्छ गोरखाले जिताउनुपर्छ भन्ने किसिमको अपेक्षा हुन्थ्यो’ उनले थपे–‘तर, उहाँले केही पनि गर्नुभएन ।’ 

‘तथाकथित जनयुद्ध’मा मैले गोरखाबाटै नेतृत्व गरेँ भनेकै भरमा दाहाललाई तिाउनु पर्ने कुनै कारण नभएको उनको जिकिर छ। ‘म यसलाई जनयुद्ध पनि भन्दिनँ। वास्तविकता के हो भने प्रचण्डले जुन स्कुलमा पढाउनुहुन्थ्यो त्यो स्कुलको जागिर छोडेर १० वर्ष युद्ध गरेर १७ हजार मान्छे मरिसकेपछि उहाँ प्रधानमन्त्री हुनुभयो’ मियाँले भने–‘उहाँ प्रधानमन्त्री भइसकेपछि आज त्यही स्कुलमा गएर हेर्ने हो भने त्यो स्कुल २०/३० वर्षअघि दाहालले पढाउँदा जुन अवस्थामा थियो त्यसमा सुधार त भएको छैन ।’ 

दाहालले गोरखामा विध्वंश मच्याउनुबाहेक केही नगरेको बताए। विध्वंश मच्याउने, राजनीतिको नाममा व्यक्ति हत्या गर्ने ब्यक्तिलाई यस पटक राजनीतिबाट बिदा गरेर गोरखाले न्याय गर्ने उनले बताए। तीन दशकमा नेपालको राजनीति अस्थिर हुने प्रमुख कारण नै दाहाल भएको उनको आरोप छ। 

यो पनि,

अब्दुस मियाँको आरोप– प्रचण्ड चितवनबाट लखेटिएर गोरखा पसेका हुन

अब्दुस सलाम मियाँ पुस्पकमल दाहाल

विशेष