News

सत्ता गठबन्धनले यी सात ठाउँमा आयोजना गर्दैछ संयुक्त भेला

सत्ता गठबन्धनले यी सात ठाउँमा आयोजना गर्दैछ संयुक्त भेला

सत्ता गठबन्धनले सात वटै प्रदेशहरुमा चुनाव लक्षित भेला आयोजना गर्ने भएको छ। आसन्न निर्वाचनलाई लक्षित गरेर कार्तिक पहिलो साता संयुक्त भेला गर्न लागेको हो।

भेलामा दलका शीर्ष नेता, प्रदेशस्तरीयसम्बन्धित प्रदेशका केन्द्रीय सदस्यहरु, प्रदेश समितिका पदाधिकारीहरु र जिल्ला सभापति तथा अध्यक्षसहितको सहभागिता रहने छ। संयुक्त भेला कार्तिक ४ गतेबाट सुरु हुने गठबन्धनले जनाएको छ। 

पहिलो दिन गण्डकी प्रदेशको पोखरा र लुम्बिनी प्रदेशको बुटवलमा भेला गर्ने निर्णय भएको छ। पोखराको भेला नेकपा एकीकृत समाजवादीले बुटवलको भेला नेपाली कांग्रेसको समन्वयमा सम्पन्न हुनेछ।

कार्तिक ५ गते कांग्रेसको समन्वयमा प्रदेश १ को विराटनगर र मधेस प्रदेशको जनकपुरमा, कार्तिक ६ गते नेकपा माओवादी केन्द्रको समन्वयमा सुदूरपश्चिमको धनगढी र कांग्रेसको समन्वयमा कर्णाली प्रदेशको सुर्खेतमा भेला आयोजना हुने छ। 

प्रदेशस्तरीय अन्तिम भेला कार्तिक ७ गते माओवादी केन्द्रको समन्वयमा बागमती प्रदेशको काठमाडौंमा आयोजना गर्ने तयारी छ। 
 

विशेष