News

बालेन्द्रको नाममा खगेन्द्र संग्रौलालाई ‘जुका’ भन्दै थर्काउने को हुन?

बालेन्द्रको नाममा खगेन्द्र संग्रौलालाई ‘जुका’ भन्दै थर्काउने को हुन?

काठमाण्डौं महानगरपालिकाका मेयर बालेन्द्र साहको नाममा खुलेको ट्वीटर एकाउण्टबाट लेखक खगेन्द्र संग्रौलालाई लक्षित गर्दै जुकाहरुले ‘नगर र देशको विकास हुन नदिएको’ आरोप लगाईएको छ।

थापाथलीमा चिया र चटपटे वेचेर गुजारा गर्दै आएकी ३४ वर्षिया शर्मिला तामाङको ठेला नगर प्रहरीले कब्जा गरेको विषयलाई लक्षित गर्दै टिप्पणी गरेका संग्रौलालाई उक्त ट्वीटर ह्याण्डलबाट ‘जुका’ र ‘सिमानामा वसेर देशतिर ढुङ्गा हान्ने’ भन्दै आलोचना गरिएको छ।

‘बालेन सरको अतिशय भौतिक दृष्टिमा शहरको सौन्दर्य र शोभामा मानवीय संवेदना र करूणा अटाउँदैन कि?नत्र यी नाङ्ला पसले नारीहरूका चीत्कार र आँसुमा सरजीका दृष्टि किन नपरेका?’ भन्दै संग्रौलाले ट्वीटरमा लेखेका थिए।

त्यसको जवाफमा ‘देशमा शान्ति सुरु हुन लाग्दा सिमानामा बसेर देशतिर ढुङ्गा हान्ने पनि यिनै थिए र सय वर्षदेखी धनीको चङगुलमा रहेको नगरलाई व्यवस्थापन गर्न लाग्दा तिनका नुन खाएकाहरु कर्मीतिर फर्के कुल्ला गर्दैछन्’ भन्दै टिप्पणी गरिएको छ।

‘न नगर,न देश विकास हुन दिन्छन् जुकाहरूले । देशमा शान्ति सुरु हुन लाग्दा सिमानामा बसेर देश तिर ढुङ्गा हान्ने यिनै थिए’ उनले लेखेका छन्–‘आज सय वर्षदेखि धनिको चङुलमा रहेको नगरलाई व्यवस्थापन गर्न लाग्दा तिनका नुन खाएकाहरू कर्मीतिर फर्केर कुल्ला गर्दैछन्।’

गोबर सोहोर्दा छिटा लाग्छ, हामी जानकार छौं भन्दै संग्रौलालाई खबरदारी पनि गरिएको छ।

बालेन्द्र साह खगेन्द्र संग्रौला

विशेष