News

बर्दियामा १३ जना यात्रु चढेको दुङ्गा दुर्घटना

बर्दियामा १३ जना यात्रु चढेको दुङ्गा दुर्घटना

बर्दियामा आईतवार १३ जना यात्रु चढेको दुङ्गा दुर्घटना भएको छ। मधुवन नगरपालिका र बारबर्दिया जोड्ने कुम्भ्राघाटमा यात्रु चढेको सानो डुंगा पल्टिएको हो।

बबई नदी पार गर्नेक्रममा डुङ्गा पल्टिएको सशस्त्र प्रहरी उपरीक्षक जहरसिंह बुढामगरले बताए । उनका अनुसार डुंगामा सवार सबै यात्रुलाई सकुशल उद्धार गरिएको छ । 

दुई वटा मोटरसाइकल, स्कुटी र यात्रुले बोकेको १० वटा मोबाइल बबई नदीमा डुबेको छ । नदीमा डुबेकोले फेला पार्न सकिएको छैन । 

क्षमताभन्दा बढी यात्रु र मोटरसाइकल राख्दा अनियन्त्रित भई डुंगा पल्टिएको प्रहरीले जनाएको छ । 
 

विशेष