News

शताब्दी पुरुष जोशीको पार्थिव शरीरमा प्रधानमन्त्री देउवाले ओढाए राष्ट्रिय झन्डा

शताब्दी पुरुष जोशीको पार्थिव शरीरमा प्रधानमन्त्री देउवाले ओढाए राष्ट्रिय झन्डा

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीरमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय झन्डा ओढाएर श्रद्धाञ्जली दिएका छन् ।

उपचारका क्रममा आइतबार बिहान निधन भएका जोशीको शरीर अन्तिम श्रद्धाञ्जलीका लागि ललितपुर महानगरपालिकाको प्रांगणमा राखिएको थियो।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि ललिपुर पुगेर जोशीलाई श्रद्धाञ्जली दिएका छन् ।

अन्तिम श्रद्धाञ्जलीका लागि जोशीको शव ४ बजेसम्म महानगरमा राखिने र त्यसपछि भने किस्ट अस्पताललाई बुझाउने तय भएको जनाईएको छ।

उनलाई राष्ट्रिय सम्मान दिइने गृह मन्त्रालयले निर्णय गरिसकेको छ । 
 

विशेष