News

ओनसरीको प्रचारमा फुलवुट्टा भर्दै प्रचण्डले भने– जिताउनोस, मन्त्री वनाएर पठाउँछु 

ओनसरीको प्रचारमा फुलवुट्टा भर्दै प्रचण्डले भने– जिताउनोस, मन्त्री वनाएर पठाउँछु 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले काठमाडौं–२ बाट पूर्वसभामुख ओनसरी घर्तीलाई जिताएर पठाए विकासे मन्त्रालयको मन्त्री वनाउने वाचा गरेका छन्। 

सत्ता गठबन्धनबाट साझा उम्मेदवार रहेकी घर्तीलाई जिताउन आग्रह गर्दै उनले चुनावपछि उनलाई विकासे मन्त्रालयको मन्त्री बनाउने बाचा गरेका हुन। ‘निर्धक्कसँग ओनसरी र प्रदेशसभामा उम्मेदवार रहेका उहाँको टिमका उम्मेदवारलाई विजयी गराउनुस,’ उनले भने, ‘उहाँलाई विजयी गराएपछि एउटा राम्रो विकासे मन्त्री पनि बनाएर तपाईंहरुको अगाडि पठाएनेछ। यो विश्वास दिलाउन चाहन्छु।’

ओनसरी संघर्षै संघर्षमा जीवन बिताएको महिला नेता भएको र उनीभित्र के क्षमता छ भन्ने कुरा आपलुले नजिकबाट नियाल्ने कोसिस गरेको दाहालले बताए। सत्ता गठबन्धनले आइतबार काँडाघारीमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले घर्तीमा रहेको अन्तरनिहीत क्षमता देखेर उमेर नपुगे पनि सभामुखको जिम्मेवारी दिएको बताए।

उमेर नपुगेको व्यक्तिका लागि प्रतिनिधिसभाको सभामुखजस्तो जिम्मेवारी निर्वाह गर्नु चानचुने कुरा नभएको भन्दै उनले सफलतापूर्वक सभामुख चलाएर महिलाले पनि अवसर पाए गर्न सक्छन् भन्ने पुष्टि ओनसरीले गरेको बताए।

‘उहाँको उमेर त्यति पुगेको पनि थिएन। प्रतिनिधिसभाको सभामुख हुने भन्ने कुरा त्यति सामान्य थिएन। ‘बिग फाइभ भन्छ त्यसमध्ये एक सम्माननीय बन्ने कुरामा मैले तपाईं सक्नुहुन्छ आँट्नु हाम्रो भागमा परेको छ भनें,’ उनले भने, ‘उहाँले त्यो जिम्मेवारी पुरा मात्र गर्नुभएन, सफलतापूर्वक पूरा गरेर पुरै देशलाई के देखाइदिनुभयो कि एउटा महिलाले पनि सभामुखजस्तो जिम्मेवारी कुशलताका साथ क्षमताको साथ पुरा गर्न सक्दछ।’

ओनसरीको विषयमा फुलवुट्टा बाँधेका दाहालले काठमाडौं–२ माओवादीले पाउने टुंगो नहुँदै कुनै एक निर्वाचन क्षेत्रबाट चुनाव लड्न आग्रह गर्दा उनले सहर्ष स्वीकार गरेको पनि बताए। 

विशेष