News

कांग्रेस घोषणा पत्रको कभर पेजमा महासचिव शंकर पोखरेलको प्रचार सामग्री

कांग्रेस घोषणा पत्रको कभर पेजमा महासचिव शंकर पोखरेलको प्रचार सामग्री

नेपाली कांग्रेसले ०७४ सालको प्रदेश र प्रनिनिधि सभा निर्वाचनका लागि तयार गरेको घोषणा पत्रको कभर पेजमा आफनो फोटो राखेर चुनावी प्रचार सामग्री बनाएपछि नेकपा एमालेका महासचिव शंकर पोखरेल विवादमा परेका छन्।

४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव प्रचारका क्रममा नेता पोखरेलले असोज २८ गते एउटा प्रचार सामग्री फेसबुकमा पोष्ट गरेका थिए। ‘समृद्ध नेपाल, सुखी नेपाली परिवर्तन सम्भव छ हाम्रै पालामा ।’ भन्दै पोष्ट गरिएको उक्त प्रचार सामग्री अहिले विवादमा छ।

विकास र समृद्धि देखाउन अनेक संरचना राखेर तयार गरिएको तस्वीरमा पोखरेलको आफनो तस्वीर राखेर उक्त प्रचार सामग्री तयार गरेका छन्। तर यो तस्वीर ०७४ को नेपाली कांग्रेसको चुनावी घोषणपत्रको कभर पेजबाट लिएको पाईएको छ।

उक्त तस्विरको सामाजिक संजालमा तिव्र आलोचना भएको थियो। पोखरेलले उक्त तस्विर आज फेसवुकबाट हटाएका छन्। पोखरेल दाङ–२ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनेका छन्। सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी रेखा शर्मा उनको प्रतिस्पर्धामा छिन् ।

विशेष