News

प्रम हुँदा ओलीले शिलान्यास गरेको सडक चिनियाँ कम्पनिले बनायो बेवारिसे

प्रम हुँदा ओलीले शिलान्यास गरेको सडक चिनियाँ कम्पनिले बनायो बेवारिसे

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले साढे तीन वर्षअघि सिलान्यास गरेको पूर्व–पश्चिम राजमार्गको नारायणगढ–बुटवल खण्डको ११४ किलोमिटर सडक विस्तारको काम चाईनिज कम्पनीले अलपत्र पारेको छ।

सडक विस्तारका लागि ०७५ साल माघ २४ गते सरकार र निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन बीच सम्झौता भएको थियो। त्यसपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ०७५ चैत ८ गते उक्त सडक विस्तारको सिलान्यास बुटवलमा गरेका थिए।

गैँडाकोटदेखि दाउन्नेसम्मको ६५ किलोमिटर र दाउन्नेदेखि बुटवलसम्मको ४९ किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरेर काम सुरु गरिएको थियो। दुवै खण्ड गरी ११४ किलोमिटर सडक विस्तारको काम गर्नु पर्ने कम्पनीले हालसम्म पनि १८ प्रतिशत मात्रै काम सम्पन्न गरेको जनाईएको छ।

हाल दुई लेन रहेको नारायणगढ–बुटवल सडक खण्डलाई विस्तार गर्दै कतै चार लेन, कतै ६ र कतै तीन लेनको बनाउन चाईनिज कम्पनीले काम सरु गरेको थियो। तर, काम सुरु गरेको साढे ३ वर्ष बितिसक्दा २० प्रतिशत काम पनि सम्पन्न नभएपछि आलोचना भईरहेको छ। सम्झौता अवधि सकिएर म्याद थप गर्दासमेत १८ प्रतिशत मात्रै काम गर्ने कम्पनीले लापर्वाही गरेको आरोप छ।

चाइना स्टेट कम्पनीको लापर्वाहीले सडक अलपत्र हुँदा एकातर्फ धुलो र हिलोले समस्या उत्पन्न गरिरहेको र अर्कोतिर खाल्डाखुल्डीका कारण सास्ती खेप्नु परेको यात्रुहरुको गुनासो छ। 

६० करोड बढी भुक्तान दिनै बाँकी
बुटवल–नारायणगढ सडकखण्ड विस्तारको जिम्मा पाएको चाइना स्टेट कम्पनीले सप्लायर्स कम्पनीहरूलाई ६० करोड बढी भुक्तान नदिएको पाईएको छ। ९ महिनादेखि भुक्तानी नपाएको भन्दै सप्लायर्सका सञ्चालक र कर्मचारीहरूले आइतबार कम्पनीको कार्यालयअगाडि धर्ना दिएका छन्।

नवलपरासीको कावासोती नगरपालिका– १० मगरकोटनजिक रहेको कम्पनीको कार्यालयअगाडि उनीहरुले धर्ना दिएका हुन। नेपाल मेसिनरी एक्जिमका सञ्चालक निर्मल सरावगीले आफूहरूले पाउनुपर्ने रकम तत्काल पाउनु पर्ने बताए।

निर्माणको काम नरोकियोस् भनेर माग गर्नासाथ आफूहरूले रड, सिमेन्ट, गिटीलगायतका सामग्री र उपकरणहरू रोलर, टिपर, एक्स्काभेटरलगायत उपलब्ध गराएको बताएका उनले कम्पनीले अन्तिममा भुक्तानी नै नदिएपछि अप्ठेरामा परेको बताए।

९ महिनादेखि भुक्तानी नपाउँदा बैंकमा लोन तिर्न, कर्मचारीलाई तलब खुवाउन र सामान ल्याउन समेत नपाएको सप्लायर्सहरुले गुनासो गरेका छन्। सप्लायर्सहरूले ठेकेदार कम्पनीका आधिकारिक व्यक्ति उपस्थित भएर रकम भुक्तानी गर्नु पर्ने माग राखेका छन्।

आफनै कर्मचारीलाई पनि तलव दिँदैन कम्पनी
चाइना स्टेट कम्पनीले कामको दौरानमा यसअघि पनि कर्मचारीहरूलाई तलब नदिएको, मजदुरहरूको पारिश्रमिकको कमिसन खाइदिने गरेकोजस्ता घटनाहरू बाहिर आउने गरेका थिए।

नवलपरासी बर्दाघाट सुस्तापुर्वका सिसडओ सुमन घिमिरेले तत्काल दुवै पक्षलाई बोलाएर समस्याको समाधान खोजिने बताए। 
 

विशेष