News

एउटै व्यक्ति दुई दलको समानुपातिक बन्दसूचीमा, तीन जना विरुद्ध उजुरी

एउटै व्यक्ति दुई दलको समानुपातिक बन्दसूचीमा, तीन जना विरुद्ध उजुरी

मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगमा वुझाईएको बन्दसूचीमा तीन जनाको नाम दुई वटा पार्टीमा फेला परेको छ।

बन्दसूचीविरुद्ध परेका २७ वटा उजुरी मध्ये ३ जनाको नाम दुई पार्टीको बन्दसूचीमा रहेको भन्दै उजुरी परेको छ। 

दोलखाकी सुकुमाया तामाङको नाम नागरिक उन्मुक्ति पार्टी र लोसपा दुवैको बन्द सूचिमा फेला परेको छ। नागरिक उन्मुक्ति पार्टीले बुझाएको प्रतिनिधिसभातर्फको सूचिमा क्रम संख्या २४ र लोसपाले पेस गरेको बन्दसूचीको ३७ नम्बरमा उनको नाम फेला परेको छ।

सुकमायाँ विरुद्ध दोलखाकै निमा दोर्जे तामाङले उम्मेदवारी खारेज गरी पाउँ भन्दै उजुरी गरेका छन् ।

यसैगरी, सिन्धुपाल्चोककी निर्मला योञ्चनको नाम वागमती प्रदेशसभामा पुनर्जागरण पार्टी र राष्ट्रिय नागरिक पार्टीको बन्दसूचीमा पेस भएको छ । योञ्जनले पनि आफ्नो मञ्जुरी बिना राष्ट्रिय नागरिक पार्टीको बन्दसूचीमासमेत नाम समावेश भएकाले उक्त पार्टीको सूचीबाट हटाएर पुनर्जागरण पार्टीको बन्दसूचीमा मात्र कायम गरिपाउँ भन्दै उजुरी गरेका छन् ।

यस्तै, धादिङका गिता भट्टको नाम पनि राष्ट्रिय नागरिक पार्टी र पुनर्जागरण पार्टीको बन्दसूचीमा छ । भट्टले पनि आफ्नो मन्जुरी बिना राष्ट्रिय नागरिक पार्टीले बन्दसूचीमा पेश गरेको भन्दै पुनर्जागरण पार्टीको बन्दसूचीमा मात्र कायम गरिपाउँ भन्दै उजुरी गरेकी छन् । 
 

विशेष