News विदेश

भारतीय कांग्रेसको अध्यक्षका लागि आज मतदान, गान्धि परिवार वाहिरबाट हुनेछन अध्यक्ष

भारतीय कांग्रेसको अध्यक्षका लागि आज मतदान, गान्धि परिवार वाहिरबाट हुनेछन अध्यक्ष

भारतीय कांग्रेस पार्टीको अध्यक्ष पदका लागि वरिष्ठ नेता शशि थरुर र मल्लिकार्जुन खड्गेबीच आज चुनावी प्रतिस्पर्धा हुँदैछ। सन् २०१९ को आम निर्वाचनमा पार्टी पराजय भएपछि राहुल गान्धीले अध्यक्ष पदबाट राजीनामा दिएपछि अध्यक्षका लागि निर्वाचन हुन थालेको हो।

राहुलले राजिनामा दिने क्रममा नै अबदेखि गान्धी परिवारबाट कोही पनि अध्यक्ष नहुने बताएका थिए । सोही अनुसार गान्धी परिवारभन्दा बाहिरबाट थरुर र खड्गेले उम्मेदवारी दिएका हुन। करिब ९ हजार २ सय पार्टी प्रतिनिधिहरूले दुवैको भविष्य निर्धारण गर्दैछन्।

कांग्रेस आईका दुबै उम्मेदवार गान्धी परिवारसँग निकट मानिन्छन् । अध्यक्ष पादका लागि बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म मतदान हुदेछ । यसको नतिजा १९ अक्टोबरमा सार्वजनिक हुने छ।

०१७ राहुलले अध्यक्षको जिम्मेवारी सम्हालेपछि सम्पन्न निर्वाचनमा पार्टीले लगातार दोस्रोपटक हार व्यहोरेको थियो। हारको जिम्मेवारी लिदिै उनले राजीनामादिए । त्यसयता सोनिया गान्धी नै अन्तरिम अध्यक्षका रूपमा दोहोरिएकी थिइन् । उनी सन् १९९८ यता करिब २२ वर्ष पार्टीको नेतृत्वमा बसिरहेकी छन् ।

उनी कांग्रेसको नेतृत्व सबभन्दा लामो समय निरन्तर गर्ने एक मात्रै अध्यक्ष हुन् । बीचमा छोरा राहुललाई उत्तराधिकारीका रूपमा अध्यक्षको जिम्मेवारी सुम्पिए पनि सम्हाल्न नसकेपछि उनी आफैं अन्तरिम अध्यक्ष बनेकी थिइन् ।
 

विशेष