News

भिम उपाध्यायले किन गरे चलचित्र ‘नालापानी’ को प्रशंसा ?

भिम उपाध्यायले किन गरे चलचित्र ‘नालापानी’ को प्रशंसा ?

फेसबुमा निरन्तर चर्चामा रहने पूर्वसचिव भिम उपाध्यायले चलचित्र ‘नालापानी’ को प्रशंसा गरेका छन्। नेपाल चलचित्र बिकास बोर्डको कपनस्थित हलमा आईतवार हेरपछि उनले नालापानी हेरेपछि हाम्रा पुर्खाको बलिदानको पुनस्मरण हुने बताए।

‘हाम्रा पूर्खाले यो मुलुकलाई सम्मानित बनाउन र जोगाउन विगतमा कत्रो बलिदान गरेका थिए नालापानीको १८ दिने युद्धको यो चित्रणले त्यसको पुनः स्मरण गर्न मद्दत गर्नेछ।’ भन्दै उनले फेसबुकमा लेखेका छन्।

उनले निर्माता, निर्देशक, कलाकार, स्क्रिप्ट लेखक, प्राविधिक टोलीलाई समेत धन्यवाद दिएका छन्। 

यो चलचित्रको निर्माता तथा निर्देशक रिमेश अधिकारी हुन। सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अंग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाइँलाई आधार बनाएर ‘नालापानी’ निर्माण भएको हो ।

यसमा वीर योद्धा कुँवर र उनका ६ सय सेनाले नालापानी युद्धमा कसरी साहस र बहादुरी देखाए भन्ने कुरा देखाईएको जनाईएको छ। 
 

विशेष