News

शेखर भन्छन्ः देउवा र म मिलिसक्यौं तपाईहरु किन झगडा गर्नुहुन्छ?

शेखर भन्छन्ः देउवा र म मिलिसक्यौं तपाईहरु किन झगडा गर्नुहुन्छ?

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवा र म मिलिसक्यौ तपाईहरु चाहीँ किन झगडा गरेको भन्दै नेता/कार्यकर्ताहरुलाई प्रश्न गरेका छन्।

मोरङको हरैंचामा चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले स्थानीय स्तरमा कार्यकर्ताबीच विवाद हुन नहुने वताए । ‘स्थानीय निर्वाचनमा के भयो, महाधिवेशनमा के भयो, त्यो तुषलाई तपाईंहरु सबैले त्याग्नुस्,’ उन भने, ‘तुष मैले त त्यागीसकें । तपाईंहरुले किन नत्याग्ने?’

१४ औं महाधिवेशनमा सभापतिका लागि देउवा र आफू पक्षधर तलैबाट लड्दै केन्द्रसम्म प्रतिस्पर्धा गरेको भन्दै उनले भने– ‘जब शेरबहादुर देउवा जी र म नै मिलिसकेपछि वडामा तपाईंहरु किन झगडा गर्नुहुन्छ ? मैले बुझ्न सकेको छैन ।’

प्रतिस्पर्धा तलदेखि देउवासँग आफ्नो भएको र त्यो लडाइँ अब समाप्त भइसकेको उनले बताए । दुई पक्षका कार्यकर्ता एकापसमा भिडेर केही पनि प्राप्त नहुने उनले सुझाव दिए।

विशेष