News

बीच वजारमा कांग्रेस समर्थक युवकलाई तरबार हानेपछि ‘राधे डन’ पक्राउ

बीच वजारमा कांग्रेस समर्थक युवकलाई तरबार हानेपछि ‘राधे डन’ पक्राउ

बीच वजारमा कांग्रेस समर्थक एक युवकलाई तरबार आक्रमण गरेर घाईते बनाएपछि ‘राधे डन’ भनिने राधाकृष्ण भण्डारी पक्राउ परेका छन्। गुण्डागर्दी र अपराधिक गतिविधिमा संलग्न भएको आरोपमा धादिङबेँसीबाट उनलाई पक्राउ गरिएको हो।

तरुण दल धादिङका उपसभापतिसमेत रहेका गुण्डा नाइके राधेले मंगलबार दिउँसो भीम गुरुङमाथि तरबार हमला गरेका थिए। धादिङबेँसी सिरानबजारका बासिन्दा गुरुङको जिल्ला अस्पतालमा उपचार भईरहेको छ। राधेले भीममाथि किन तरबार हाने भन्ने खुलेको छैन ।

जनप्रतिनिधिलाई धम्काउने, अवैध रूपमा बालुवा उत्खनन गर्नेलगायतका आरोप समेत उनी माथि लाग्ने गरेको छ। उनी खोलानालाबाट अबैध असुली, चन्दा, धम्की, कुटपिटलगायत गतिविधिमा संलग्न छन्।

यसअघि पनि राधेलाई प्रहरीले नक्कली नोट, लागुऔषध र हातहतियारसहित पटक–पटक पक्राउ गरेको थियो । उनी राजनीतिक आडमा छुट्ने गरेका छन् । 

विशेष