News

गठबन्धनले सपना देखाएर उम्मेदवार नै नवनाएपछि कुलमान हिस्स

गठबन्धनले सपना देखाएर उम्मेदवार नै नवनाएपछि कुलमान हिस्स

सत्ता गठबन्धनभित्र सीट बाँडफाँटको रस्साकस्सी चलिरहेका बेला नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ चुनाव लड्ने कुरा चौतर्फी चर्चाको विषय थियो। तर, गठबन्धनका कुनै पनि दलले उम्मेदवार नबनाएवछि अहिले उनी चर्चामा हराएका छन्।

सीट बाँडफाँटको सुरुवाती चरणमा घिसिङलाई नेकपा माओादीका तर्फबाट काठमाण्ठौं २ मा लडाउने तयारी थियो। उनी चुनाव लड्न तयार भएपछि माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहालले भदौ २२ गते उपत्यका विशेष प्रदेश समितिले आयोजना गरेको कार्यक्रमलाई संबोधन गर्दै ‘आगामी संघ र प्रदेश सभा निर्वाचनमा काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र साहको भन्दा चर्को सेन्टिमेन्ट ल्याउने मान्छे खोजी भइरहेको’ डिङ्गा हाने। 

‘हामीले पनि बालेनभन्दा चर्को सेन्टिमेन्ट ल्याउने उपाय खोज्दैछौं। त्यही सेन्टिमेन्ट ल्याएर, तपाईंहरूले सोच्दै नसोचेको मान्छे ल्याउने विचार छ मेरो। त्यस्तो मान्छे गुटबन्दीमा पनि छैन, कहीँ पनि छैन, यो गुट र त्यो गुट भन्ने पनि छैन’ उनले भनेका थिए–‘हामी सबैले साथ दिन सक्ने मान्छे, हो यो त ठीक छ भन्ने मान्छे उम्मेदवार भए भने काठमाडौंमा हामीले २–३ सिट जित्न सक्छौं। २–३ सिट जित्यौं भने हामी काठमाडौंमा फेरि शक्तिशाली बन्छौं।’

दाहालको यो भनाई लगत्तै घिसिङ गठबन्धन भित्रै तानातानमा परे। त्यसपछि उनले आफ्नो भाउ बढाउँदै स्वतन्त्र रुपमा काठमाण्डौं ३ बाट चुनाव लड्ने तर गठबन्धनले सहयोग गर्नुपर्ने सर्त अघि सारे। यहाँसम्म गठबन्धनका दलहरुले सहमति जनाएपछि उनी उम्मेदवार बन्ने पक्कापक्की जस्तै थियो।

तर, सीट बाँडफाँट सकिएर उम्मेदवार छनौट हुँदा कुलमानको नाम कतै पनि समेटिएन। कुलमानको नाम नसमेटिनुमा उनकै महत्वकांक्षाले काम गरेको नेताहरु बताउँछन्। गठबन्धन दलभित्र उनले राखेका सर्त पुरा गर्न नसक्ने अवस्था आएपछि सवै दल पछि हटेको नेताहरुको भनाई छ।

कुलमानले चुनाव जितेपछि ऊर्जामन्त्री बनाउने लिखित प्रतिबद्धता र चुनाव लड्न गठबन्धनका शीर्ष नेताको आग्रह खोजेका थिए। यसैगरी कुनै दलको चुनाव चिन्हबाट नलड्ने र निर्वाचन क्षेत्र आफै छनौट गर्ने बताएपछि नेताहरु पछि हटेको माओवादीका एक नेताले बताए।

माओवादी अध्यक्ष दाहाल कुलमानका अधिकांश सर्त मान्न तयार भएपनि चुनाव जितेपछि मन्त्री बनाउने ग्यारेण्टी पहिले नै दिनुपर्ने भएपछि शेरबहादुर देउवा र दाहाल पछि हटेको ति नेताको भनाई छ।

‘म विना मुलुक नै चल्दैन’ भन्ने मानसिक्ता बोकेर सर्तमाथि सर्त राख्न थालेपछि कुलमान आउट भएको नेताहरुको भनाई छ। ‘शीर्ष नेताले चुनाव लडिदेऊ भनेर आग्रह गर्नु भनेको आफूलाई कुलमानले चाहिनेभन्दा बढी आत्ममूल्यांकन गरेको नेताहरुको वुझाई रह्यो’ एक नेता भन्छन्–‘त्यसमाथि चुनाव लड्नुभन्दा अगाडि नै मन्त्री बनाउने ग्यारेन्टी खोजेपछि कुरा विग्रियो।’

कुलमानले एकपछि अर्को असम्भव सर्त थोपरेर राजनीतिक नेतृत्वलाई निरीह र आफूलाई सर्वशक्तिमान देखाउन खोजेपछि उनलाई चुनाव लडाउने कुरा सेलाएको माओवादीका नेताहरु बताउँछन्।
यो पनि,

कुलमान घिसिङ

विशेष