News

समानुपातिकमा श्रीमतीको नाम राखेपछि रित्तियो भीम उपाध्यायको आदर्श ?

समानुपातिकमा श्रीमतीको नाम राखेपछि रित्तियो भीम उपाध्यायको आदर्श ?

सामाजिक सञ्जालमा सधैं चर्चामा रहने पूर्वसचिव भीम उपाध्याय स्थानीय तह निर्वानताका स्वतन्त्र उम्मेदवारहरुको पक्षमा उभिए। खास गरी काठमाण्डौंका मेयर बालेन्द्र साहलाई जिताउँन उनले अभियान नै चलाए।

राजनीतिक दलका नेताहरुको कमजोरीलाई ब्यवस्थासँग जोडेर स्वतन्त्र उम्मेदवारको प्रचार गर्ने उपाध्यायले प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा भने स्वतन्त्रको ढ्याङ्ग्रो छोडेका छन्। वरु उनले आफ्नै श्रीमती ललिता शर्मा लामिछाने (उपाध्याय) लाई राजनीतिमा उतारे।

हाम्रो नेपाली पार्टीको समानुपातिक तर्फको बन्द सूचिमा ललिताको नाम दोश्रो नम्वरमा छ। उपाध्यायले बालेन्द्रलाई जिताउन गरेको योगदानलाई देखाएर श्रीमतीको नाम समानुपातिक सूचिमा राख्न बार्गेनिङ नै गरको स्रोतको दावी छ।

बालेन्द्र साहको लौरो चिन्हको प्रचार गरेका उपाध्यायले आम चुनावमा भने लौरो चिन्ह पाएको पार्टीबाट श्रीमतीलाई समानुपातिकमा सुरक्षित गर्न सफल भएका छन्। श्रीमतीको नाम सूचिमा परेपनि उनले लौरोको प्रचार भने गरेका छैनन्। समानुपातिक बन्द सुचि सार्वजनिक भएपछि उनी पार्टीको सम्पर्कमा समेत नरहेको भन्दै ब्यापक असन्तुष्टि छ।

त्यस विपरित काठमाडौं ५ बाट स्वतन्त्रबाट उम्मेदवार बनेकी रञ्जु दर्शनाको प्रश्तावक वसेर उपाध्यायले पार्टीका नेता÷कार्यकर्तालाई चिढ्याएका छन्। श्रीमतीलाई पार्टीको सूचिमा राखेर दर्शनाको प्रचारमा लागेपछि उपाध्यायको तिव्र आलोचना भईरहेको छ।

हिजोसम्म देश, जनता, इमान, परिवर्तनलगायतका नारा लगाउने उपाध्याय स्वार्थका पछाडि जे पनि गर्न तयार भएको भन्दै आलोचकहरुले टिप्पणी गरिरहेका छन्। 

सुमन सायमी समेत सम्मिलित हाम्रो नेपाली पार्टीको समानुपातिक सूचिको पहिलो नम्वरमा भने काठमाडौं महानगरपालिकाको उपमेयरमा सायमीकै टिमबाट उम्मेदवार बनेकी विद्या श्रेष्ठ (महर्जन) छिन्। तेस्रो नम्वरमा अनन्तराज घिमिरे छन् ।

घिमिरे केही महिनाअघि लुम्बिनी विकास प्राधिकरणबाट राजीनामा दिएर हिँडेका व्यक्ति हुन् । मुख्यमन्त्री कुलप्रसाद केसीले अनुचित दबाब दिएर गैरकानूनी काम गर्न लगाएको भन्दै उनले राजीनामा दिएका थिए ।

पूर्व सचिव उपाध्याय सामाजिक सञ्जालमा अप्रमाणित तथा घृणा फैलाउने सामग्री पोष्ट गरेका कारण पटकपटक विवादमा पर्ने गरेका छन् । उनलाई एक पटक साइबर ब्युरोले पक्राउ समेत गरेको थियो ।

भीम उपाध्याय

विशेष