News

ओलीलाई ‘हनि ट्रयाप’मा पारेको आरोप खेपेकी चीनियाँ राजदुत स्वदेश फर्किदै

ओलीलाई ‘हनि ट्रयाप’मा पारेको आरोप खेपेकी चीनियाँ राजदुत स्वदेश फर्किदै

नेपालका तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘हनि ट्रयाप’मा पारेर नेपाल र भारतको सम्वन्ध विगारेको आरोप खेपेकी नेपालका लागि चीनियाँ राजदुत होउ यान्छी आफनो कार्यकाल पुरा गरी स्वदेश फर्किन लागेकी छिन्।

आफनो चार वर्षे कार्यकाल पूरा गरी यान्छी केही दिनमै स्वदेश फर्कने तयारीमा छिन। चीन सरकारले राजदूत यान्छीलाई बढुवा गरी दक्षिण पूर्व एसियाली राष्ट्रहरूको संगठन एसोसिएसन अफ साउथ इस्ट एसिएन नेसन्स (आसियान) क्षेत्रको राजदूतको रुपमा पठाउने तयारी गरेको छ।

सन् २०१८ डिसेम्बरमा नेपालका लागि चिनियाँ राजदूतका रुपमा नेपाल आएकी यान्छीले विदाई भेटघाट गर्न थालेको जनाईएको छ। नेपालको कुटनीतिमा असफल भएको भन्दै चीनले उनलाई चीनियाँ राष्ट्रपति सी चिन फिङको नेपाल भ्रमण लगत्तै फिर्ता बोलाउने तयारी गरेको थियो। तर, एकातिर कोरोना महामारी र अर्कातिर नेकपा भित्र चर्किएको विवादका कारण उनलाई निरन्तरता दिईएको थियो।

सत्तासिन दल नेकपाभित्रको विवादका बेला निकै खटिएर पनि कुटनीतिक रूपमा सफल नभएपछि चीनबाट थुप्रै टोलीहरू नेपाल आएर उनलाई सघाएका थिए । सोही समयमा भारतीय मिडियाले राजदूत यान्छीको नाम जोडेर नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीमाथि निराधार लान्छना समेत लगाएका थिए।

यान्छीले ओलीलाई अनि ट्रयापमा पारेर भारत विरुद्ध उचालेको आरोप समेत लगाएका थिए। यान्छीकै कारण नेपाल–भारत बीचको रोटी वेटीको सम्बन्ध खराव भएको भन्दै ति मिडियाले प्रचार गरेका थिए। यान्छीको नेपालका नेताहरुसँगको सम्बन्ध कुटनीतिक भन्दा पनि ब्यक्तिगत रुपमा धरै राम्रो रहेको र त्यस मध्ये पनि प्रधानमन्त्री ओलीसँगको सम्बन्ध अझै विशेष रहेको भन्दै कुप्रचार गरिएको थियो।

यान्छीले ओलीसँग नजिक भएर उनलाई भारत विरुद्ध उचाल्ने, सीमा विवादका कुरा चर्काउने, नेपालको नक्शामा लिपुलेक कालापानी लगायतका क्षेत्र थप्न लगाउने काम गरेको ति मिडियाले दावी गरेका थिए।

तर, राजदुत यान्छीले नेपालको कला, संस्कृति र नेपालको पर्यटकीय गन्तब्यको प्रचारमा निकै ठुलो योगदान गरेकी छिन। नेपाल सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल पर्न उनले प्रचार प्रसार गरेकी थिईन। उनले काठमाडौंका विभिन्न मन्दिरमा पुगेर फोटोसेसन गरी ट्विटरमा पोष्ट गरेकी थिईन् । 

तस्तिरका साथमा राजदूत होउले भ्रमण वर्षको शुभकामना दिँदै नेपाललाई घुम्नै पर्ने गन्तव्यको रुपमा चित्रण गरेकी छन् ।

यसैगरी ०७५ को १०९ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा चिनियाँ दूतावासले विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो। सो कार्यक्रममा यान्छीले नेपाली पहिरनमा सजिएर नेपाली गीतमै नाचेर दर्शकलाई दङ पारेकी थिईन। 

होउ यान्छी

विशेष