News

भेलुबाजेको प्रचारप्रसारमा महेस बस्नेत

भेलुबाजेको प्रचारप्रसारमा महेस बस्नेत


सामाजिक सञ्जालमा चर्चित पात्र मिनबहादुर बुढा उर्फ भेलुबाजेको चर्चा अहिले राजनीतिक वृत्तमा पुगेको छ । नेकपा एमालेका नेता तथा भक्तपुर १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार महेश बस्नेतले भेलुबाजेको ‘भ्यालु’ राजनीतिक वृत्तमा पुर्याइदिएका छन् । सामाजिक सञ्जाल प्रयोगकर्ताहरूमाझ चर्चित हास्यव्यंग्य पात्र भेलुबाजेको उचाईलाई नेता बस्नेतले मुलुकका प्रधानमन्त्रीसँग तुलना गरेर अझै चर्चित बनाएका छन् । कतिपय आलोचकहरूले एमाले नेता बस्नेतलाई भेलुबाजेको प्रचारप्रसार लागेको आरोप लगाएका छन् । 

नेता बस्नेतले भावी प्रधानमन्त्रीको रूपमा अध्यक्ष केपी शर्मा ओलीसँग कांग्रेस सभापति शेरबहादुर देउवाको तुलना हुन नसक्ने बताएका छन् ।

निर्वाचनलाई केन्द्रित रहेर रफत सञ्चार क्लब भक्तपुरद्वारा आयोजित सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रमलाई बोल्दै सत्ता गठबन्धनले भावी प्रधानमन्त्री तोक्न नसकेको भन्दै आलोचना गरेका हुन् ।

‘अहिले राष्ट्रिय राजनीतिमा कुन पार्टीलाई सरकारमा ल्याउने र कस्तो सरकार बनाउने भन्ने तहदेखिको छलफल भइरहेको पाइन्छ । हामीले केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीको रूपमा अघि सारेका छौँ । तर, गठबन्धनले अबको भावी प्रधानमन्त्रीको भनेर अगाडि बढाउन सकेको छैन । अब शेरबहादुर देउवा नै भावी प्रधानमन्त्री होलान् भनेर मान्छेले अनुमान गर्न थालेका छन्’ उनले भने, ‘कतिपय टिकटकमा तथा हास्य क्षेत्रका साथीहरूले ओलीको अगाडि देउवा भेलुबाजे जस्तै हुन् सम्म भन्न थालेका छन् । टिकटकमा अहिले चर्चित पात्र भेलुबाजे छन् नि ।’

उनले देउवालाई लक्षित गरेर भेलु बाजे जस्तो प्रधानमन्त्री कहिलेसम्म थेग्ने? भनेर प्रश्न गरेका छन् । ओली नेतृत्वको सरकारले प्रत्येक दिन विकास निर्माणको योजना शिलान्यास हुने गरेको बताए ।

‘निर्वाचनको दौरानमा सबै उम्मेदवारहरूले मिठा मिठा सपना र योजनाहरू बाँड्छन् । तर, त्यो प्रतिबद्धता पुरा कति भए कि भएनन् भनेर जनताले मूल्याङ्कन गरेका हुन्छन्’ उनको भनाइ छ ।

भेलुबाजे

विशेष