News

०६४ जस्तो बाकस साटेर भएपनि चुनाव जित्न प्रचण्डको निर्देशन

०६४ जस्तो बाकस साटेर भएपनि चुनाव जित्न प्रचण्डको निर्देशन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहालले यस पटको निर्वाचनमा पनि ०६४ सालको जस्तो जालझेल गरेर र बाकस साटेर जित्नुपर्छ भन्दै कार्यकर्तालाई निर्देशन दिएको एउटा भिडियो अहिले सामाजिक संजालमा चर्चामा छ।

भिडियोमा दाहालले यो चुनावलाई ०६४ सालको जस्तो वनाउनै पर्छ भन्दै निर्देशन दिएका छन्। उनले यति भन्दैगर्दा तालि र हुटिङ्ग भएको सुनिन्छ। ‘अबको चुनाव ०६४ को जस्तो बनाउनै पर्छ हामीले’ दाहालले भनेको छन्–‘गर्नुपर्ने पनि गरियो नगर्नुपर्ने पनि गरियो। जालझेल गर्ने, बाकस साट्ने, हामीले कति गर्याथेऊँ सम्झनुस त ६४!’

यो भिडियोमा पत्रकार कनकमणी दिक्षितले समेत कमेन्ट गरेका छन्। ‘यी मानिस २०६४ देखि असोज २०७९ सम्म सप्रेका छैनन। सप्रने आश कहिल्यै थिएन’ उनले भनेका छन्–‘राष्ट्र–राज्यको उद्गम थलो गोरखाले लाचार भई जिताउला यिनलाई?’

दाहाल यस पटक गोरखा २ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनेका छन्। मनोनयन दर्ता गर्न पञ्चेबाजासहित निर्वाचन कार्यालय पुगेका दाहाललाई निर्वाचन आयोगले स्पष्टिकरण सोधेको थियो। उनले ‘आफ्नो योजना अनुसार बाजा प्रयोग नभएको’ भन्दै जवाफ दिएका थिए।

यो प्रकरणमा ‘झुठ बोलेको’ भन्दै उनको ब्यापक आलोचना भएको थियो।

पुस्पकमल दाहाल

विशेष