News

हजुरबासँग धोका खाएपछि दुर्गा प्रसाई असन्तुष्ट

हजुरबासँग धोका खाएपछि दुर्गा प्रसाई असन्तुष्ट

‘हजुरबा’ भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रशंसा गरेर नथाक्ने मेडिकल ब्यवसायी दुर्गा प्रसाईंले चुनावको बेलामा गुमनाम छन्। माओवादी अध्यक्ष पुस्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवासँग चुनाव लडेर जित्ने दावी गर्दै आएका प्रसाईले टिकटै नपाएपछि असन्तुष्टि चरम सिमामा छ।

नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका उनले आफू पार्टीको हली र झोला बोकेर हिँड्ने कार्यकर्ता नभएको प्रतिक्रिया दिन थालेका छन्। प्रसाईं भन्छन्–‘म अहिले एमालेको झोला बोकेर हिँड्ने कार्यकर्ता होइन । अहिले एमालेको शुभचिन्तक मात्र हो ।’ 

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसँग एमालेले गरेको तालमेलमा असहमति राखेका उनले ‘लोकतन्त्र विरोधी र राजावादीको पुच्छर लागेर हिँड्ने राप्रपासँग एमालेले सहकार्य गरेर गलत गरेको’ बताए।

लिङ्देनलाई जिताउनका लागि भोट माग्दै हिँड्न आफूलाई नैतिकताले नदिने उनको भनाई छ। ओलीले प्रसाईंलाई झापा–३ मा टिकट दिने आश्वासन दिएको थियो । तर, अन्तिम समयमा राप्रपासँग तालमेल गरेर एमालेले क्षेत्र नं. ३ राजेन्द्र लिङदेनलाई छोडेपछि टिकट उनी रुष्ट भएका हुन।

झापाको प्रस्तावित बिएण्डसी मेडिकल कलेजका सञ्चालक प्रसाई झापाबाट माओवादी पत्तासाफ बनाउँने भन्दै नेकपा एमालेमा प्रवेश गरेका थिए। 

एमालेको विधान महाधिवेशनमै सहभागी भएका मेडिकल व्यवसायी प्रसाई पहिला माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड निकट थिए । एमाले र माओवादी मिलाउने भन्दै आफ्नै घरमा प्रचण्ड–ओलीलाई लगेर मार्सी चामलको भात खुवाएर चर्चामा आएका प्रसाई सार्वजनिक रुपमै ओलीलाई हजुरबा भन्छन्।

केपी शर्मा ओली दुर्गा प्रसाई

विशेष