News

मानुषीलाई प्रश्नः बाबुरामले प्रचण्डमाथि लगाएको आरोप किन फिर्ता लिए ?

मानुषीलाई प्रश्नः बाबुरामले प्रचण्डमाथि लगाएको आरोप किन फिर्ता लिए ?

पुर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई पुत्री मानुषी यमी भट्टराई काठमाण्डौं ७ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदार छिन्। बाबुरामले नै चुनाव लड्ने बातावरण र टिकटको जोरजाम गरिदिएपछि उनी अहिले प्रचार प्रसारमा लागेकी छिन्।

मानुषीले जसरी सहज रुपमा टिकट पाईन, चुनाव जित्न भने उनलाइ त्यति असहज देखिएको छ। चुनाव प्रचारका क्रममा उनले ‘विरासतको राजनीति गर्न आएको र परिवारवादका कारण टिकट पाएको’ आरोप खेपिरहेकी छिन् ।

तर, उनी स्वयम् भने आफनो उम्मेदवारीलाई परिवारकावाद रुपमा वुझ्न तयार छैनन्। वरु उनी यस्तो आरोप लगाउनेहरुसँगै प्रतिक्रारमा उत्रिएकी छिन् । आफु एजेण्डा लिएर चुनाव जित्न आएको दावी गर्ने मानुषी एजेनडा प्रस्तुत गर्ने भन्दा पनि आरोपको प्रतिकारतर्फ लागेपछि थप आलोचित हुन थालेकी छिन् ।

उनले आफुलाई परिवारवादको आरोप लगाउनेहरु नै परिवावादबाट ग्रसित भएको तर्क गरेकी छिन। सामाजिक क्षेत्रका संघसंस्थामा नेतृत्व गर्दा चाही परिवारवाद नहुने तर जव चुनाव लड्छु भन्यो अनि परिवारवाद देख्नेहरु नै गलत भएको उनको तर्क छ।

‘... संयोजक हुँदाखेरी परिवारको परिचय कसैले प्रश्न गर्दैन। यही क्षेत्रमा विभिन्न सांगठनिक अभियानहरु नेतृत्व गर्दाखेरी परिवारवाद हुँदैन’ उनी भन्छिन–‘अहिले आफनै बलवुतामा म उठ्छु, जनताबाट अनुमोदित हुन चाहान्छु । कुनै समानुपातिकको सुरक्षित सिटमा वस्न खोजेको पनि होईन। प्रत्यक्ष भिड्छु, आफनो एजेण्डा लिएर जान्छु र जनताबाट एक एक मत मागेर वहाँहरुबाट अनुमोदित हुन चाहान्छु भनिरहँदा तपाईहरु भन्नोस यो मेरोतर्फबाट परिवारवाद भयो की त्यो देख्ने त्यो दोशी चस्मा परिवारवाद भयो ?’ 

तर, उनको यो भनाई धेरैले पचाउन सकेका छैनन्। बिशाल केसी नामका ट्वीटर प्रयोगकर्ताले ‘बा, माओबादी हुँदा माओबादी, नयाँ शक्ति हुँदा नयाँ शक्ति, जसपा हुँदा जसपा तिर संगसंगै लागेपछि आफ्नो बिचारभन्दा ‘बा’ को बफादार परिवारवाद होईन र?’ भन्दै प्रश्न गरेका छन् भने पराजुली कमलले ‘मानुषीको भन्दा त २बष्खिभ)बबकतजब कै लगानी ज्यादा होला नि आन्दोलनमा। तर टिकट किन मानुषीलाई त? बाबुरामकै छोरी भएर हैन त? यस्ता ध्वासे तर्क अरुलाई दिनु यता हैन।’ भन्दै टिप्पणी गरेका छन्।

टिविएस साहाले ‘यदि यो परिवारवाद होइन भने बाबुरामले प्रचण्ड माथि लगाएको आरोप छोरीका लागि फिर्ता किन लिए ? किन बाबुराम पछि हटेर प्रचण्डलाई गोरखा २ खाली गरे ? किन गठबन्धन गर्न पुगे ? सक्षम छु भन्ने लाग्छ भने गठबन्धन किन चाहियो ?’ भन्दै प्रश्न गरेका छन्। 

माओवादी वृत्तमा पनि बाबुरामले छोरीलाई राजनीतिमा अघि सार्न गोरखा दुई छोडेको चर्चा छ। बाबुरामले छोरी मात्र नभई भाई वुहारी दुर्गादेवी न्यौपाने भट्टराईलाई समेत समानुपातिक सुचिमा सुरक्षित गराएको भन्दै आलोचना भईरहेको छ।

यसैगरी, माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहालबाट राष्ट्रपति वनाउने खोक्रो आश्वासन बाबुरामले गोरखा छोडेको कतिपय माओवादी नेताहरु नै टिप्पणी गर्छन।

मानुषीले यस अघि आफ्नै आमा हिसिला यमीले चुनाव उठ्दै आएको काठमाडौं–७ मा उम्मेदवारी दिएकी छिन् । छोरीलाई अघि सारेर बाबुराम चुनाव नउठेपछि प्रचण्ड चुनाव लड्न बाबुरामको क्षेत्र गोरखा–२ पुगेका छन्।

यो पनि,

बाबुरामले गोरखामा त्याग होईन, छोरी र बुहारीलाई यसरी भाग दिलाए
 

विशेष