News

५ दशमलव ९ म्याग्नेच्युटको भूकम्प, काठमाण्डौंवासी घर वाहिर

५ दशमलव ९ म्याग्नेच्युटको भूकम्प, काठमाण्डौंवासी घर वाहिर

सिन्धुपाल्चोक नजिकै सिमा क्षेत्रलाई केन्द्रविन्दु वनाएर बुधबार दिउँसो ३ बजेर ७ मिनेटमा ५ दशमलव ९ म्याग्नेच्युटको भूकम्प गएको छ।

सिन्धुपाल्चोकको नेपाल चीन सीमाना नजिकै चिनियाँ भूमिलाई केन्द्र विन्दु वनाएर भुकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भुकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोकको कोदारीभन्दा १२ किलोमिटर दक्षिणपूर्वमा रहेको जनाईएको छ।

भूकम्पको धक्का काठमाडौंसहितका आसपासका ठाउँमा महसुस भएको थियो । धक्का महसुस भएपछि काठमाडौंमा मानिसहरु घर बाहिर निस्केका थिए ।

क्षतिको विवरण प्राप्त भएको छैन ।

विशेष