News

प्रचण्ड पत्नि सिता दाहाल फेरी अस्पताल भर्ना

प्रचण्ड पत्नि सिता दाहाल फेरी अस्पताल भर्ना

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सीता दाहाललाई अस्पताल भर्ना गरिएको छ। नियमित स्वास्थ्य परीक्षणका क्रममा उनलाई अस्पताल भर्ना गरिएको हो।

दाहाल ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना छिन्। ‘प्रोगेसिभ सप्रान्युक्लियर पाल्सी’ (पिएसपी) रोगबाट पीडित दाहाललाई आज अस्पतालमै राखिने अस्पताल श्रोतले जनाएको छ।

पिएसपी दुर्लभ खालको रोग हो। यो रोग एक लाख मानिसमध्ये ५–६ जनामा मात्र देखिन्छ। के कारणले यो रोग लाग्छ भन्ने अहिलेसम्म पत्ता लागेको छैन। वैज्ञानिकहरू पिएसपीबारे अध्ययनकै क्रममा छन्।

यो रोग लागेपछि मानिसको मानसिक असन्तुलनका साथै हिँड्न, बोल्न र निल्नसमेत कठिन हुने गर्छ । मस्तिष्कको कोशिकामा क्षति हुँदा यस्तो समस्या देखिने चिकित्सकहरु बताउँछन् ।

चिकित्सकहरुका अनुसार अनुसार पीएसपी पार्किन्सनको सबैभन्दा नराम्रो अवस्था हो । रोग यो पूर्णरुपमा निको हुँदैन, रोकथाम गर्न मात्रै गर्न सकिन्छ ।  
    पीएसपीको समस्या ६० वर्ष उमेर पूरा भएका व्यक्तिहरुलाई बढी हुन्छ । बलिउडका चर्चित हास्य अभिनेता कादर खान पनि पीएसपी समस्याबाट पीडित थिए । क्यानडाको एक अस्पतालमा उपचार गर्दागर्दै ८१ वर्षको उमेरमा खानको निधन भएको थियो । उनलाई सास लिन गाह्रो हुन्थ्यो ।

यसको लक्षण समय अनुसार गम्भीर हुने गर्छ । सुरुवाती चरणमा यसको लक्षण अन्य रोगजस्तै हुने भएकाले यो रोग पत्ता लगाउन मुश्किल हुन्छ । यद्यपि हिँड्न, डुल्न, बोल्न र निल्न कठिन भएमा, लड्छु कि भन्ने डर लागिरहेमा, व्यवहारमा परिवर्तन आएमा, मांसपेशी कस्सिएमा, आँखाको चाल नियन्त्रणमा नरहेमा र स्मरणशक्ति हराउँदै गएमा पीएसपीको शंका गर्नुपर्ने चिकित्सकहरु बताउँछन् ।
 

विशेष