News

कांग्रेस भाडाका वुद्धिजिविले बनाएको घोषणा पत्र लिएर चुनावमा जाँदैछः ओली

कांग्रेस भाडाका वुद्धिजिविले बनाएको घोषणा पत्र लिएर चुनावमा जाँदैछः ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेससँग कुनै भिजन नभएकाले भाडाका वुद्धिजिविबाट घोषणा पत्र लेखाएको आरोप लगाएका छन् । 

झापामा आयोजित संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै उनले कांग्रेसले चुनावी घोषणापत्रमा लेख्ने कुनै एजेण्डा नै नपाएको तर्क गरे। ‘कांग्रेसले काम केही गरेको छैन । उहाँहरूले सधैँ झैं घोषणापत्र त ल्याउनुहोला । भाडाको बुद्धिजीविले लेखिदिएको घोषणापत्र यहाँहरूले जनताको बीचमा छर्नुहुनेछ’ उनले भने–‘त्यो कुनै कांग्रेसको हुनेछैन । पटक–पटक सरकारको नेतृत्व गर्दा कुन एउटा राम्रो काम ग¥यो देखाउनुस् । २३÷२४ वर्ष सरकारको नेतृत्व गरेको छ । होइन भने हामीसँग सोधे हुन्छ । हामी सयौँ कुरा भन्नेछौँ ।’

झापा १ मा आयोजित राप्रपासँगको संयुक्त कार्यक्रममा सहभागि भएका ओलीले २३÷२४ वर्ष सरकारको नेतृत्व गर्दासमेत कांग्रेसले कुनै काम गर्न नसकेको आरोप लगाए । ‘देश विकास गर्ने एमाले एकातिर र अर्कोतिर देश बिगार्न साठगाँठ गर्ने गठबन्धनसँग मंसिर ४ गते हुने निर्वाचनका महासंग्राममा छौँ’ उनले भने–‘हामी जनता र देशका लागि के छौँ र भोलि के गर्नेछौँ भनेर बताइरहेका छौँ । गठबन्धनको भ्रमबाट मुक्त गराइरहेका छौँ ।’

जनतालाई गठबन्धनको दबाबबाट मुक्त गराउन लाग्न नेता–कार्यकर्तालाई ओलीले निर्देशनसमेत दिए ।

विशेष