News

एनआईसीको सर्वसाधारण सेयरधनी समूहबाट सञ्चालकमा लम्साल नियुक्त

एनआईसीको सर्वसाधारण सेयरधनी समूहबाट सञ्चालकमा लम्साल नियुक्त

एनआईसी एशिया बैंकको सर्वसाधारण सेयरधनी समूहबाट सञ्चालकमा केशवप्रसाद लम्साल नियुक्त भएका छन् ।

कम्पनीको कार्तिक २ गते बसेको सञ्चालक समितिको बैठकले समूहको शेयरधनीतर्फका सञ्चालक निकुञ्ज अग्रवालले दिएको राजीनामा स्वीकृत गरी बाँकी अवधिको लागि सर्वसाधारण समूहबाट लम्साललाई नियुक्त गरेको हो ।

यो निर्णय बुधबारदेखि लागू हुने छ।

लम्सालले बैंकका सञ्चालक समितिका अध्यक्ष तुलसीराम अग्रवालबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्। 

अर्थशास्त्र एवम् बिजनेस एड्मिनिस्ट्रेसनमा स्नातकोत्तर अध्ययन गरेका लम्साल वाणिज्य बैंकमा विभिन्न विभागहरुको नेतृत्व सम्हाल्दै नायव प्रमुख कार्यकारी अधिकृत पदबाट अवकाश पाएका थिए। 

विशेष