ओलीलाई छोराछोरी/नातिनातिनाले सोधे १०८ प्रश्न !
![ओलीलाई छोराछोरी/नातिनातिनाले सोधे १०८ प्रश्न !](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/uploads/Nepalaaja_76/2022/10/kp-ba.jpg)
०७४ को आम निर्वाचनमा गठबन्धन गरेर चुनाव लडेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेतृत्वकर्ता केपी ओलीलाई आहिले सामाजिक सञ्जालमा नागरिकहरुले खेदी रहेका छन्। निर्वाचनताका गरेका बाचा ओलीले दुई तिहाईको सरकार हुँदा पनि पुरा नगरेको भन्दै नागरिकले प्रश्न उठाईरहेका छन्।
ओलीले चुनावताका अति महत्वकाक्षी बाचा गरे। घर घरमा ग्याँस पाईप, हनुमाननगरमा पानी जहाजको टिकट, सुतीसुती खाना, काठमाण्डौंमा मेट्रो, कुश्मामा रेल स्टेशन, स्मार्ट सिटी, सर्टिफिकेट राखेर ऋण, एक घर एक रोजगारी लगायत दिमागमा आएजति सवै बाचा गरे।
तर बाचा पुरा हुने कुरा त परको कुरा, उनले आफैले एकता गरेर बनाएको पार्टी र दुई तिहाईको सरकार समेत जोगाउन सकेनन्। उनको अति महत्वकांक्षा र हिट्लस शैलीको लिटरसिपले सवै कुरा गुमाएर बार्दलीबाट भाषण गर्नु पर्ने अवस्थामा पुगेको भन्दै आलोचना भईरहेको छ।
पछिल्लो समय आफनो आलोचना गर्ने भिम रावल र घनश्याम भुसाललाई टिकट नदिएपछि त उनी प्रतिको असनतुष्टि अझै चुलिएको छ। नागरिकले उनलाई फेसवुक र ट्वीटरमा प्रश्नमाथि प्रश्न सोधिरहेको छन्। प्रश्न सोध्नेमा उनका नातिनातिना (कार्यकता) नै धेरै छन्। उनीहरुले ओलीसँग १०८ प्रश्नको उत्तर खोजिरहेका छन्।
ओलीले सवैसँग कात्तिक ४ गते कुरा गर्ने बाचा गरेका छन्। ओलीले ‘कल केपी बा’ भन्दै पम्प्लेट नै बनाएर सामाजिक सञ्जालमा राखेका छन्। पम्प्लेट ‘कात्तिक ४ गते कुरा गरौं’ भन्दै फेसवुक पेजको म्यासेज बक्समा नम्वर छोड्न आग्रह गरिएको छ।