News

खानेपानी कार्यालयका इन्जिनियर २८ लाख घुससहित पक्राउ

खानेपानी कार्यालयका इन्जिनियर २८ लाख घुससहित पक्राउ

रामेछापस्थित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय नं ३ का इन्जिनियर नवराज सत्याल र प्लम्बर बखतबहादुर थापा २८ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

सत्याल र थापाहरुको साथबाट १६ लाख रुपैयाँ नगद र १२ लाख रुपैयाँको चेक गरी २८ लाख रुपैयाँ बरामद गरिएको अख्तियार स्रोतले जानकारी दिएको छ । रामेछापको इन्छिनगाउँ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको कामको भुक्तानीवापत उनीहरुले रकम लिएको खुलेको अख्तियारको आरोप छ।

अख्तियारको टोलीले इन्जिनियर सत्याल र प्लम्बर थापालाई मन्थली नगरपालिका–१ स्थित खानेपानी कार्यालयको क्वार्टरबाट पक्राउ गरेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए। अख्तियारको केन्द्रीय कार्यालयको टोली रामेछापमै रहेको जनाईएको छ। 

विशेष