News

रविलाई दुर्गा प्रसाईको प्रश्नः ४ ओटी स्वास्नी ल्याउने र छोराछोरीलाई मायाँ नगर्नेले जनतालाई मायाँ गर्छ ?

रविलाई दुर्गा प्रसाईको प्रश्नः ४ ओटी स्वास्नी ल्याउने र छोराछोरीलाई मायाँ नगर्नेले जनतालाई मायाँ गर्छ ?

मेडिकल ब्यवसायी तथा नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईँले चितवन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार रवि लामिछाने घुमुवा प्रहरीको शैलीमा पैसा उठाएको आरोप लगाएका छन्।

सामाजिक सञ्जालमा सार्वजनिक भएको एउटा भिडियोमा प्रसाईले पत्रकार हुँदा लामिछानेले ६०/७० करोड रुपैयाँ उठाएको आरोप लगाएका छन्। ‘रवि लामिछानेको कुरा गर्ने हो भनेनी...। पुलिसको पनि घुमुवा हुन्छ क्या भन्सारमा, पैसो उठाउने। अनि माथि गएर रवि लामिछाने वसेको हुन्छ केन्द्रमा। ल भन्नोस्त...। त्यो भेल वाजे कराए जस्तो सुरु गरिहाल्छ उ।’ प्रसाई भन्छन्–‘त्यसरी कमाको छ उस्ले।’

चारवटी स्वास्नी (श्रीमती) ल्याउने र छोराछोरीलाई मायाँ नगर्ने लामिछानेले जनतालाई मायाँ गर्छ भनेर कसरी विश्वास गर्ने भन्दै प्रसाईले प्रश्न उठाएका छन्। ‘ब्युरो छोडेर पैसो कमाउने रवि लामिछाने, चारवटी स्वास्नी ल्याउने छोराछोरीलाई मायाँ नगर्ने। त्यस्ता मान्छेले जनतालाई मायाँ गर्छ?’ उनले भनेका छन्–‘एउटी श्रीमती ल्यायो, दुईटा वच्चा जन्मायो छोड्दियो। अर्को श्रीमती ल्यायो, दुईटा वच्चा/एउटा वच्चा जन्मायो छोड्दियो, होईन ?’

गधालाई नुहाएर कहिलै गाई नहुने भन्दै उनले रवि लामिछाने पनि कहिलै सज्जन नहुने तर्क गरे। उनले भने –‘गधालाई नुहाएर गाई हुन्छ? गधा भनेको गधा हो, गाई भनेको गाई हो।’
 

दुर्गा प्रसाई रवि लामिछाने

विशेष