News

किन बालेन्द्र विरुद्ध उभिए राजेन्द्र खेतान र वसन्त चौधरी ?

किन बालेन्द्र विरुद्ध उभिए राजेन्द्र खेतान र वसन्त चौधरी ?

काठमाण्डौं महानगरपालिकामा बालेन्द्र साह मेयर निर्वाचित भएपछि वर्षौदेखी देखिएका कतिपय सार्वजनिक सरोकारका समस्या समाधानको बाटोमा छन्। महिनौ दिनसम्म नउठ्ने फोहोरको केही हदसम्म ब्यवस्थापन भएको छ भने फुटपाथको ब्यवसाय निमिट्यान्न हुने चरणमा छ।

बालेन्द्रले फुटपाथ व्यवस्थापन सुरु गरेपछि नागरिकले पैदल यात्रा गर्न सक्ने बातावरण तयार हुँदैछ। यतिमात्र होईन, राज्यको आँखामा धुलो हालेर वर्षौदेखि टुकुचामाथि कवड्डी खेलीरहेका भुमाफियाहरु अहिले त्रसित छन्। बालेन्द्रका कारण खोलो छोपेर महल ठड्याउनेहरुको मनमा ढ्याङ्ग्रो बजेको छ। त्यसैले बालेन्द्रको बाटो छेक्नेहरु हुने/नहुने सवै हर्कत गर्न थालेका छन्।

बालेन्द्रको काममा अवरोध गर्नेमा लक्ष्मी बैंकका प्रवर्धक राजेन्द्र खेतान र नर्भिक अस्पतालका मालिक वसन्त चौधरी सवैभन्दा अगाडि छन्। लक्ष्मी बैंक र नर्भिक अस्पताल दुवैमा बालेन्द्रले धावा बोलेपछि उनीहरु बालेन्द्र विरुद्ध समाजिक सञ्जाल परिचालन गर्नेदेखि मिडिया उचाल्नेसम्मका काम गरिरहेको स्रोतका दावी छ।

यसको प्रायोजन भने लक्ष्मी बैंकका प्रवर्धक राजेन्द्र खेतान र नर्भिक अस्पतालका मालिक वसन्त चौधरी गरिरहेका छन्। लक्ष्मी बैंक र नर्भिक अस्पताल दुवैमा बालेन्द्रले धावा बोलेपछि उनीहरु बालेन्द्र विरुद्ध समाजिक सञ्जाल परिचालन गर्नेदेखि मिडिया उचाल्नेसम्मका काम गरिरहेको स्रोतका दावी छ।

लक्ष्मी बैंकले टुकुचा खोलामाथि नक्सा पास नगरी भवन वनाएको कुरा वाहिर आईसकेको छ। उक्त भवन भत्काउन महानगरपालिकाले जारी गरेको पत्र समेत सामाजिक संजालमा वग्र्रेल्ती छन्। यसैगरी, नर्भिक अस्पतालले भाडामा लिएको १ रोपनी ८ आना जग्गामा बनाएका संरचनाको नक्सा पास नभएको भन्दैे बालेन्द्रले २४ घण्टा भित्र भत्काउन अल्टिमेटम दिएका थिए। अदालतले अन्तरिम आदेश जारी गरेपछि उक्त संरचना अहिले जोगिएको छ। 

यसैको वदला लिन अहिले राजेन्द्र र बसन्तले बालेन्द्रलाई अवरोध गर्ने रणनीति बनाएका छन्। केही समयअघि राजेन्द्र खेतानले मिडियालाई टुबोर्ग बियरको विज्ञापन वाँडेर टुकुचा प्रकरणमा बालेन्द्र विरुद्ध उचालेको आरोप लागेको थियो।

कतिपय मिडियाले टुकुचा माथिका अवैध संरचानालाई पाखा लगाएर नगर प्रहरीले बैधानिक संरचना भत्काउन धम्की दिएको भन्दै समाचार वनाएका थिए। कतिपय जानकारहरु ‘टुबोर्ग बियर खाएर मातेकाहरुले होस गुमाएको र तिर्मिराएका आँखाले लक्ष्मी बैंकको अबैध संरचना देख्दै नदेखेको’ ब्यंग्य गर्न थालेका छन्।

यति मात्र होईन, काठमाण्डौं सुधार गर्न थालेका बालेन्द्रलाई अहिले गरिव विरोधी भन्दै प्रचार गर्न थालिएको छ। सुधार चाहाने तर हरेक काममा अवरोध गर्ने यही प्रवृत्तिले काठमाण्डौं अहिलेको अवस्थामा पुगेको जानकारहरु बताउँछन्।

यो पनि,

लक्ष्मी बैँक नर्भिक अस्पताल बालेन्द्र साह राजेन्द्र खेतान वसन्त चौधरी

विशेष