News राजनीति

ओलीको पहिलो रोजाइमा परे होली वाइन पिलाउने विवादास्पद एकनाथ ढकाल 

ओलीको पहिलो रोजाइमा परे होली वाइन पिलाउने विवादास्पद एकनाथ ढकाल 

 

काठमाडौं- नेपालमा क्रिश्‍चियानिटी फैलाउने र नेपालमा सबै कम्युनिस्ट नेताहरुलाई राखेर होली वाइन पिलाउने नेपाल परिवार दलका अध्यक्षस एकनाथ ढकाललाई नेकपा एमालेले समानुपातिक सूचीमा ढकाल खसआर्य पुरुष क्लस्टरको दोस्रो नम्बरमा छन्।

क्रिश्चियानिटी फैलाउने युनिभर्सल पिस फेडेरेसन (यूपीएफ) का प्रचारक ढकाल ओलीको पहिलो रोजाइमा परेपछि पार्टीभित्रको असन्तुष्टि थप चुलिएको हो। ढकाल दोस्रो नम्बरमा भएकाले समानुपातिक सांसद बन्ने लगभग पक्का जस्तै छ। २०७४ मा पनि ढकाललाई एमालेले समानुपातिक सूचीमा राखेको थियो।

तर त्यसबेला पाँचौं नम्बरमा ढकालको नाम रहेकाले सांसद बन्‍न पाएनन्। माओवादी केन्द्रसँग तालमेल गर्दा त्यसबेला प्रत्यक्षतर्फ एमालेले १६५ मध्ये ८० सिट जितेको थियो। 

प्रत्यक्षतर्फ धेरै पुरुष उम्मेदवार निर्वाचित भएकाले कम्तीमा ३३ प्रतिशत महिला सांसद पुर्‍याउन समानुपातिक पद्धतिबाट धेरै महिला निर्वाचित भएका थिए। त्यसैले खसआर्य पुरुषतर्फ एक जना मुकुन्द न्यौपाने मात्र समानुपातिक पद्धतिबाट सांसद भए।

यसपटक भने एमालेले ढकाललाई लगभग सांसद बनाउने सुनिश्चितता सहित समानुपातिक बन्द सूचीमा राखेको छ। ढकाललाई समानुपातिक सूचीमा राख्न एमालेले आफ्ना नेता तथा कार्यकर्ताका लागि बनाएको मापदण्ड समेत पालना गरेको छैन।

यसअघि समानुपातिक सूचीमा परेकाहरुलाई नदोहोर्‍याउने नीतिकै कारण एमालेका कयौ नेताले यसपटक समानुपातिक सूचीमा बस्न पाएका छैनन्। तर ढकालको हकमा भने एमालेले उक्त मापदण्ड पालना गरेन।

जबकी ढकाल राष्ट्रिय राजनीतिमा विवादास्पद व्यक्ति हुन्। धर्म प्रचारक संस्थासँग संलग्न ढकालले एमालेकै नेताहरुलाई समेत विवादित बनाएका थिए। २०७५ को मंसिरमा राजधानी काठमाडौंमा आयोजित एक सम्मेलनमा नेताहरुलाई नै ‘होली वाइन’ खुवाउने प्रबन्ध गरेको भन्दै उनको आलोचना भएको थियो।

ढकालकै अग्रसरतामा भएको उक्त धर्म प्रचारक संस्थाको सम्मेलनमा भाग लिएको भनी कम्युनिष्ट नेताहरुको आलोचना भयो। एमाले अध्यक्ष केपी शर्मा ओलीले त उक्त धार्मिक संस्थाबाट एक लाख डलरको ‘लिडरसीप एण्ड गुड गभर्नेन्स’ अवार्डसमेत लिएका थिए।

विशेष