News

पुर्वप्रधानमन्त्री माधव नेपाललाई कारवाही गर्न प्रहरीलाई आयोगको निर्देशन (पत्रसहित)

पुर्वप्रधानमन्त्री माधव नेपाललाई कारवाही गर्न प्रहरीलाई आयोगको निर्देशन (पत्रसहित)

पुर्वप्रधानमन्त्री माधबकुमार नेपाललाई कारवाही गर्न निर्वाचन आयोगले प्रहरीलाई पत्राचार गरेको छ। निर्वाचन प्रभाव पार्ने कसूर गरेको भन्दै कारबाही प्रक्रिया अघि बढाउन प्रहरीलाई आयोगले आग्रह गरेको हो ।

आयोगले निर्वाचन कसुर तथा सजाय ऐन २०७३ को दफा ३९ अनुसार कारवाही प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय रौतहटलाई निर्देशन दिएको छ ।

ऐनको दफा २० मा उम्मेदवारले मतदातालाई लोभलालच वा आर्थिक प्रलोभन देखाउन नहुने व्यवस्था उल्लेख छ । तर नेता नेपालले मतदातालाई फ्रि भिसा, फ्रि टिकटमा वैदेशिक रोजगारीमा पठाउने प्रलोभन देखाएको भन्दै आयोगले दफा ३९ अनुसार कारबाही प्रक्रिया अघि बढाउन प्रहरीलाई निर्देशन दिएको हो ।

रौटहट– १ का उम्मेदवार समेत रहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले विदेश जान फ्रि भिसा, फ्रि टिकट तथा तालिम पनि फ्रिमा हुने भन्दै भाषण गरेका थिए। फ्रि भनेको ‘ढोउवा’ नलाग्ने भनिभनी सर्वसाधारणलाई प्रलोभनमा पारेका थिए।

फ्रि भिसा, फ्रि टिकटलाई ‘ठुलो योजना’ भन्दै नेता नेपालले यसो भन्दा विपक्षि विरोध गरेको भन्दै आलोचना पनि गरेका थिए। 

विशेष