कांग्रेस नेताको घमण्डः एमालेले १६५ सिट मध्ये १५ सिट जित्छ
![कांग्रेस नेताको घमण्डः एमालेले १६५ सिट मध्ये १५ सिट जित्छ](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/uploads/Nepalaaja_76/2022/10/udayasamser.jpg)
नेपाली कांग्रेसका केन्द्रीय सदस्य उदय शमशेर राणाले आगामी निर्वाचनमा एमालेले १५ सिटभन्दा वढि नजित्ने दावी गरेका छन् । सामाजिक संजालमा सार्वजनिक भएको एउटा भिडियोमा उनले कुल १६५ निर्वाचन क्षेत्र मध्ये एमालेलाई १५ सिटभन्दा तल झार्ने दावी गरेका छन् ।
एमालेलाई सखाप पार्ने दावी गरेका राणाले भने–‘एमालेलाई सखाप पार्ने हो। एमालेलाई सिंगलली पनि कांग्रेसले हराउन सक्यो, एमालेलाई हामी १५ सिट भन्दा मुनी झार्दिन्छौं।’
१५ सिट भनेको त एमालेलाई धुलिसात वनाउने÷मटियामेट बनाउने योजना भयो नी ? यो सफल होला, यो कार्गर होला ? भन्ने प्रश्नमा उनले थपे–‘त्यही त भन्दैछु। १५ सिटमा झार्दिन्छौं एमालेलाई। १६५ मा १५ सिटभन्दा वढि एमालेले जित्दैछ।’
आगामी निर्वाचनमा राणाले प्रतिनिधिसभा सदस्यका लागि ललितपुर–१ बाट उम्मेदवारी दर्ता गरेका छन्। ०७४ सालको निर्वाचनमा पनि यसै क्षेत्रबाट उम्मेदवार वनेका राणा एमालेका उम्मेदवार पूर्व डीआईजी नवराज सिलवालसँग ६ हजार २ सय २२ मतले पराजित भएका थिए ।
सिलवालले २६ हजार ९ सय ५१ मत ल्याउँदा राणाले २० हजार ७ सय २९ मत प्राप्त गरेका थिए। यस पटक पनि एमालेले ललितपुर–१ मा सिलवाललाई नै उम्मेदवार वनाएको छ।