News

पतञ्जलीका नाममा खाजा घरको ठगी धन्दाः ३० रुपैयाँको पानीलाई १७५ असुल्दै

पतञ्जलीका नाममा खाजा घरको ठगी धन्दाः ३० रुपैयाँको पानीलाई १७५ असुल्दै

काठमाण्डौंको पानीपोखरी स्थित टमराईन्ड खाजा घरले दिनदहाडै ग्राहकलाई ठगी गर्ने गरेको पाईएको छ। नेपाली र नेवारी खानाका लागि सहरमै उत्कृष्ट रेस्टुरेन्टको दावी गर्ने यो खाजा घरले हरेक वस्तुको मुल्य कयौं गुणा वढी लिएर ठगी गर्ने गरेको छ।

टमराईन्डले ३० रुपैयाँ पर्ने पानीको बोटललाई नै १७४ रुपैयाँ लिने गरेको छ। टमराईन्ड खाजा घरले बेच्ने गरेको पतन्जलीको दिब्य जलको मुल्य बोटलमै ३० रुपैयाँ उल्लेख छ। तर विक्रि गरेको मुल्य भने १३ प्रतिशत भ्याट र १० प्रतिशत सर्भिस चार्ज समेत जोडेर १७४ रुपैयाँ लिने गरेको छ।

यसैगरी, एउटा मसला चियाको १३७ र एउटा एमेरिकन चोको चिप्सको मुल्य ८१ रुपैयाँ लिने गरिएको छ। यो खाजा घरले भ्याट समेत छलि गर्ने गरेको जनाईएको छ।

भ्याट नियमावली अनुसार मेनुमा भ्याटसहितको मूल्य राख्नुपर्छ। तर, यो खाजा घ।ले भ्याट बाहेकको मूल्य राखेर उक्त भ्याट सम्बन्धि कानुन मिचेको पाईएको छ। नेपालको प्रचलित भ्याटसम्बन्धि नियम अन्तर्गत मूल्य अभिवृद्धि कर नियमावली, २०५३  को नियम १४ (ख) मा भनिएको छ, ‘दर्ता भएको व्यक्तिले आफ्नो औधोगिक प्रदर्शनी कक्ष, विक्री कक्ष, होटल, रेष्टुरेन्ट, बार, कारोबार स्थल वा आपुर्ति गर्ने स्थानमा राखिएको कर लाग्ने वस्तु वा सेवाको विक्री मूल्य (ट्याग प्राइस, मेनु प्राइस, र सेल्स प्राइस) मा कर सहितको मूल्य उल्लेख गर्नु पर्नेछ ।’ 

तर यो नियम विपरित खाजा घरले मेनुमा भ्याट बाहेकको मूल्य उल्लेख गरी भ्याट अतिरिक्त लिने गरेको छ। अर्थात प्रचलित नियम अनुसार कुनै पनि होटल तथा रेष्टुरेन्टको मेनुमा १३ प्रतिशत अतिरिक्त भ्याट लाग्नेछ भन्दै भ्याट बाहेकको मूल्य राख्न पाईदैन । तर यो खाजा घरले खुलेआम कानुन विपरितको काम गर्दा पनि सम्वन्धित निकाय मौन जस्तै छ।

आन्तरिक राजश्व विभागले भ्याट नियमावलीमा लेखिएको कुरा अक्षरस पालना गर्नुपर्ने बताए पनि त्यसको अनुगमन र नियमन गरेको पाईदैन।

खाजा घर

विशेष