सर्वोच्चले पनि जोगाई दिएन राजु गुरुङको उम्मेदवारी, निर्वाचन आयोगको निर्णय सदर
![सर्वोच्चले पनि जोगाई दिएन राजु गुरुङको उम्मेदवारी, निर्वाचन आयोगको निर्णय सदर](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/uploads/Nepalaaja_76/2022/10/raju-gurung-d23e8.jpg)
सत्ता गठवन्धनका तर्फबाट रुपन्देही–२ मा प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनेका एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज भएको छ ।
सर्वोच्च अदालतले निर्वाचन आयोगको निर्णयलाई सदर गर्दै गुरुङको उम्मेदवारी खारेज गरेको हो। शुक्रबार न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासले गुरुङको उम्मेदवारी तत्काल खारेज नगर्न यसअघि सर्वोच्चले नै दिएको अल्पकालीन अन्तरिम आदेश निरन्तरता नदिने आदेश दिएको हो ।
गुरुङ कर्जा सूचना केन्द्रको कालोसूचीमा कायम रहेकाले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार हुन नपाउने सर्वोच्चले ठहर गरेको छ । निर्वाचन अधिकृतको कार्यालयले पनि गुरुङको नाम कालोसूचीमा रहेको भन्दै उम्मेदवारी खारेज गरिदिएको थियो ।
त्यो निर्णय विरुद्ध गुरुङले सर्वोच्च पुगेका थिए। उनको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले गुरुङको उम्मेदवारी तत्काल खारेज नगर्न अल्पकालीन अन्तरिम आदेश दिँदै दुबै पक्षलाई छलफलमा बोलाएको थियो ।
यो पनि,
- राजु गुरुङको उम्मेदवारी खारेज नगर्न अल्पकालीन आदेश, विष्णु पौडेललाई तनाव
- आयोगको निर्णय विरुद्ध सर्वोच्च पुगे गुरूङ, विष्णु पौडेललाई आपत