News अपराध सुरक्षा

इन्स्पेक्टरले आफ्नै सुरक्षामा खटिएकी महिला प्रहरीलाई बलात्कार गरेपछि...

इन्स्पेक्टरले आफ्नै सुरक्षामा खटिएकी महिला प्रहरीलाई बलात्कार गरेपछि...

आफ्नै सुरक्षा गार्ड प्रहरी महिलालाई बलात्कार गरेको आरोपमा एक जना इन्स्पेक्टर पक्राउ परेका छन्। बलात्कारको आरोप लगाएर महिला प्रहरीले उजुरी दर्ता गराएपछि धादिङको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रमुख अपूर्व ढुंगाना पक्राउ परेका हुन् ।

ढुङ्गानालाई पक्राउ गरी अनुशन्धानका लागि लागि जिल्ला प्रहरी कार्यालय ल्याइएको धादिङका एसपी राकेश सिंहले बताए। आरोपित ढुंगानालाई हतकडी लगाएरै जिल्ला प्रहरी कार्यालयमा लगिएको जनाईएको छ।

ढुङ्गानाले महिला प्रहरी बस्ने क्वार्टरमै गएर बलात्कार गरेको पिडितको आरोप छ। ढुङ्गानाले ति महिला प्रहरीलाई आफ्नै सुरक्षागार्ड बनाएर राखेका थिए । पछिल्लो समय उनीहरुबीच विवाद हुने गरेको र ती महिला प्रहरीले असमझदारी बढेको बेला पछिल्लो ढुङ्गानाले गलत कार्य गरेको प्रहरी श्रोतको दावी छ।

श्रोतका अनुसार इलाका प्रहरी कार्यालय खानीखोलामा प्रमुखका लागि तानातान हुने गरेको छ। त्यहाँ पोष्टिङ हुन पावर र पैसाको समेत प्रयोग हुने गरेको बताईन्छ।

विशेष