News

नागरिक इजलासमा केपी ओलीः ४ घण्टा झेले थरीथरीका प्रश्न

नागरिक इजलासमा केपी ओलीः ४ घण्टा झेले थरीथरीका प्रश्न

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज ४ घण्टा सर्वसाधारणसँग टेलिफोनमा सम्वाद गरेका छन् । खास गरी उनले नागरिकका प्रश्नको उत्तर दिएका छन् ।

खासमा ०७४ सालको निर्वाचनका क्रममा ओलीले गरेका बाचा पुरा नगरेको भन्दै सामाजिक संजालमा आलोचना भएपछि उनी स्वयमले आजका लागि टेलिफोनमा कुरा गर्ने समय मिलाएका थिए । जसका लागि ओलीको म्यासेन्जरमा इच्छुक ब्यक्तिले आफनो सम्पर्क नम्वर राख्न भनिएको थियो।

सोही अनुसार उनले आज ४ घण्टासम्ममा नागरिकका प्रश्नको सामान गरेको प्रेस संयोजक रामशरण बजगाईंले बताए । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले पार्टी, सरकार र व्यक्तिगत प्रश्नको समेत उत्तर दिएको उनले वताए ।

टेलिफोन संवादका क्रममा ओलीले फोन गर्ने विश्वास नगरेकाहरु आश्चर्यमा परेका थिए । कतिपयले ‘केपी ओली रैछ रेकर्ड गरौं रेकर्ड!’ भनेको आवाज समेत सुनिएको बजगाईंले बताए। 

संवादका क्रममा कतिपयले देशमा व्याप्त भ्रष्टाचारलाई कसरी अन्त्य गर्नुहुन्छ? भनेर प्रश्न गरेका थिए ।

अध्यक्ष ओलीसँग संवाद गर्न इच्छुक करिब १ लाख ७१ हजार ७ सय ८३ जनाले नाम र नम्बर टिपाएका थिए। ओलीले गोलाप्रथाबाट नम्वर निकाल्दै शुक्रबार दिउँसो १ बजेदेखि फोन गर्दै नागरिकको प्रश्नको जवाफ दिन सुरु गरेका थिए। 
 

विशेष