News देश

दोलखामा ओलीले भान्जालाई टिकट दिएपछि एमालेको हार निश्‍चित

दोलखामा ओलीले भान्जालाई टिकट दिएपछि एमालेको हार निश्‍चित

 

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना विरोधीलाई त टिकट दिएनन् नै उनले आफ्नै गुटमा रहेका केही व्यक्तिलाई पनि टिकट दिएनन्। आफ्नो गुटभन्दा नजिक नातागोता हेर्दै नेताको टिकट खोसेर भान्जालाई उपहार दिए। 

दोलखामा एमाले अध्यक्ष ओलीले आफ्नै भान्जा पर्ने वालकृष्ण सिवाकोटीलाई टिकट दिएका हुन्। यसअघि गोकुल बास्कोटालाई भ्रष्टाचार मुद्दा लागेपछि सञ्‍चार मन्त्रालयको जिम्मेवारी पाएका गुरुङ ओलीको प्रवक्ता भएर पनि काम गरे। 

उनले ओलीले गरेको असंवैधानिक संसद् विघटनलाई चर्कोरुपमा समर्थन गरेर र ओलीको गरेको अन्यायलाई पनि न्याय भन्दै वकालत गरे। तर, प्रतिनिधि सभाको टिकट दिने समयमा आफ्ना भान्जालाई दिएपछि पार्वत गुरुङ आक्रोशित बनेका छन्। 

गुरुङ नभए  अर्का पूर्वमन्त्री आनन्द पोखरेल पनि आकांक्षी थिए। तर, ओलीले आफ्ना भान्जाका अगाडि कसैलाई पनि आँखा देखनन् र दोलखामा प्रतिनिधि सभाका लागि बालकृष्णलाई टिकट थमाए। 

ओलीले भान्जालाई टिकट दिएपछि जिताउने जिम्मा पनि ओलीले नै लिउन् भन्दै दुई पूर्वमन्त्री र एमालेका प्रभावशाली नेताहरु निस्क्रिय बनेका छन्। जसका कारण दोलखामा एमालेको पराजय लगभग निश्चित बनेको छ। 

देशभर भएको गठबन्धन अनुसार दोलखामा स्थानीय तहको मतपरिणाममा पनि गठबन्धनको मत बढी छ। त्यसमाथि एमालेका पोलिटब्युरो सदस्यहरु नै निस्क्रिय भएपछि बालकृष्णको हार कसैले रोक्‍नसक्ने अवस्था छैन।

विशेष