News

अश्लील भिडियो रेकर्ड गरेको आरोपमा काठमाडौका होटल साहुजी पक्राउ, मोबाइलमा भेटिए धेरैका रासलिला

अश्लील भिडियो रेकर्ड गरेको आरोपमा काठमाडौका होटल साहुजी पक्राउ, मोबाइलमा भेटिए धेरैका रासलिला

लजको कोठाभित्र गोप्य रूपमा भिडिओ बनाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरको छ । पकाउ पर्नेमा काठमाडाैं चन्द्रागिरी नगरपालिका वडा नं. १५ घर भई हाल काठमाडौं बाँसबारीस्थित बाँसवारी रेष्ट्रो एण्ड क्याफेका मेनेजर ४२ वर्षीय मुकेश माली रहेका छन् ।

आरोपित मालीले लजमा बस्न आउने गेस्ट (पाहुना)को गोप्य रूपमा अश्लील भिडिओ बनाउने गरेको पाइएको प्रहरीले जनाएकाे छ । मालीले लजको कोठामा प्वाल बनाएर पाहुनाको गोप्य भिडिओ खिच्ने गरेकाे पाइएकाे जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।


प्रहरीका अनुसार मालीको साथमा रहेको मोबाइल फोन नियन्त्रणमा लिई चेक जाँच गर्दा उक्त फोनमा गेस्ट हाउसमा बस्ने गरेका विभिन्न व्यक्तिका रेकर्डेड भिडिओ फेला परेको छ ।

उनीउपर मुलुकी अपराध संहिता २०७४ को परिच्छेद-५ को ‘सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धका कसूर’ अन्तर्गत दफा ११८ ‘अभद्र व्यवहार गर्न नहुने’ मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

विशेष