News

द्वारिकलालले फेरी मुख छोडेः भने–‘... यो कुत्ताकारिता हो’

द्वारिकलालले फेरी मुख छोडेः भने–‘... यो कुत्ताकारिता हो’

ईटहरी उपमहानगरपालिकाका पूर्बमेयर द्वारिकलाल चौधरीले बरु राजनीति छोड्ने तर एमाले नछोड्ने बताएका छन्। ‘प्रदेश सभा सदस्यको टिकटका लागि द्वारिकललाल चौधरी माओवादी प्रबेश गर्र्न लागेको’ आसयका समाचाहरु प्रकाशित भएपछि उनले त्यसको प्रस्टिकरण दिएका हुन।

उनले ट्वीटरमा लेखेका छन्–‘बरु राजनीति छोड्छु एमाले छोड्दिन । एमालेभित्रै बसेर सङ्घर्ष गर्छु। म निजि कामले अन्य दलको साथीहरुसँग काठमाडौ हिड्न नहुने ?’ उनले प्रकाशित समाचारहरु पनि भ्रामक र कपोकल्पित भएको दावी गरेका छन्। उनले यस्तो समाचार लेखेर गरिने पत्रकारिता ‘कुत्ताकारिता’ भएको भन्दै अपशब्द समेत प्रयोग गरेका छन्।

शनिवार नेकपा एमालेबाट टिकट पाउने सम्भावना नदेखेपछि चौधरी नेकपा (माओवादी केन्द्र) मा प्रवेश गर्ने भन्दै समाचारहरु प्रकाशित भएका थिए। यस विषयमा थप जानकारी आईतवार ११ वजे फेसवुक लाईभ मार्फत दिने जानकारी समेत दिएका छन्।

समाचारमा माओवादी अध्यक्ष पुष्पकमल दाहालको हातबाट टीका लगाएर पार्टी प्रवेश गर्न चलागेको जनाईएको थियो। उनी माओवादी नेताहरुसँग काठमाडौं हिँडेको पनि जनाईएको थियो। 

चौधरी मेयरमा दोहोरिन खोजे पनि उनको ५ वर्षे कार्यकाल विवादस्पद भएकाले एमालेले टिकट दिएन । त्यसपछि पनि संसदीय चुनावमा प्रदेशसभा भए पनि खाने भनेर बसेका चौधरीले त्यो संकेत नपाएपछि माओवादीबाट उम्मेदवार बन्न लागेको समाचारहरुमा उल्लेख थियो।

द्वारिकलाल चौधरी

विशेष